bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 10
1 Samuel 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ।
2
जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’
3
“तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्।
4
तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू।
5
“त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ।
6
अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ।
7
जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्वर तिमीसँग हुनुहुन्छ।
8
“अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्नू।”
9
जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।
10
जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले।
11
जब शाऊललाई पहिल्यैबाट चिन्नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?”
12
त्यहाँ बस्ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्ने उखान सुरु भयो।
13
शाऊलले अगमवाणी गर्न छोडेपछि तिनी अल्गा देवस्थानमा गए।
14
शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।”
15
तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।”
16
अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्।
17
शमूएलले इस्राएलका मानिसहरूलाई मिस्पामा याहवेहकहाँ भेला हुनलाई बोलाए।
18
अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’
19
तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।”
20
जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो।
21
तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्।
22
यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।”
23
तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए।
24
अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!”
25
तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए।
26
शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्वरले छुनुभएको थियो।
27
तर केही खराब मानिसहरूले, “यो व्यक्तिले हामीलाई कसरी बचाउन सक्छ र?” भनेर शाऊललाई अनादर गरे। अनि तिनलाई केही उपहार पनि चढाएनन्। तर शाऊल मौन रहे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31