bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 12
1 Samuel 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
1
तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु।
2
अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु।
3
म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।”
4
अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।”
5
तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।
6
तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो।
7
अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु।
8
“याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए।
9
“तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे।
10
तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’
11
अनि याहवेहले यरूब-बाल, बाराक, यिप्ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्यौ।
12
“तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका राजा हुनुहुन्थ्यो।
13
अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।
14
यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्वरलाई पछ्यायौ भने असल हुनेछ!
15
तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ।
16
“त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर!
17
के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्टिमा कति ठूलो दुष्ट काम गरेका रहेछौ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”
18
त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए।
19
तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।”
20
शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर।
21
व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।
22
आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्न हुनुहुन्छ।
23
मेरो विषयमा भन्नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु।
24
तर निश्चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर।
25
तर यदि तिमीहरूले दुष्ट काम रहिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट हुनेछौ।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31