bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 30
1 Samuel 30
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
1
तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए।
2
स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए।
3
जब दावीद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सिक्लगलाई आगोद्वारा नाश गरिएको र तिनीहरूका पत्नीहरू, आफ्ना छोराछोरीहरूलाई कैदी बनाएर लगिएको भेट्टाए।
4
यसकारण दावीद र तिनका मानिसहरू यति धेरै डाको छोडेर रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन।
5
दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो।
6
दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्वरमा शक्ति पाए।
7
त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए।
8
अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।”
9
दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे।
10
किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे।
11
तिनीहरूले खेतमा एक जना इजिप्टियनलाई भेट्टाए, र त्यसलाई दावीदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानलाई भोजन र पिउन पानी दिए।
12
तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन।
13
दावीदले त्यसलाई सोधे, “तँ को होस्? र कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म एक जना इजिप्टियन, अमालेकीको एउटा दास हुँ। म तीन दिन अगि बिरामी हुँदा मेरो मालिकले मलाई छोडे।
14
हामीले करेतीहरूको दक्षिणी भाग, यहूदाको इलाका र कालेबको दक्षिणी भागलाई लुट्यौँ। अनि हामीले सिक्लगलाई आगो लगाइदियौँ।”
15
दावीदले त्यसलाई सोधे, “के तैँले मलाई त्यस लुटपाट गर्ने दलकहाँ लैजान सक्छस्?” त्यसले जवाफ दियो, “तपाईंले मलाई मार्नुहुन्न र मलाई मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी परमेश्वरको नाममा शपथ खानुहोस्, तब म तपाईंलाई तिनीहरूकहाँ लैजानेछु।”
16
त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए।
17
दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।
18
दावीदले आफ्नी दुईवटी पत्नीहरू लगायत अमालेकीहरूले लगेका सबै कुरा फेरि फिर्ता ल्याए।
19
कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए।
20
तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।”
21
त्यसपछि दावीद ती दुई सय मानिसहरूकहाँ आए, जो तिनलाई पछ्याउन नसकेर अति थकित भई बसोरको बेँसीमा बसेका थिए। तिनीहरू दावीद र तिनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए। जब दावीद र तिनका मानिसहरू आइपुगे, तब तिनले उनीहरूलाई अभिवादन गरे।
22
तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्चाहरू भने लैजाऊन्।”
23
तब दावीदले जवाफ दिए, “त्यसो होइन मेरा भाइहरू हो, याहवेहले हामीलाई रक्षा गर्नुभयो। यी सबै कुरा हामीलाई दिनुभयो; अनि शत्रुहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो। अब उहाँले हामीलाई दिनुभएका कुराहरूसँग तिमीहरूले त्यसो गर्नुहुँदैन।
24
तिमीहरूले भनेको कुरा कसले मान्ला? मालसामानसँग बस्ने मानिसको हिस्सा पनि लडाइँमा जाने मानिसको बराबर हुनेछ। सबैले बराबर हिस्सा पाउनेछन्।”
25
दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए।
26
दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।”
27
तिनले ती कुराहरू बेथेल, रामोत-नेगेव र यत्तीरमा भएकाहरूलाई;
28
अरोएर, सीपमोत र एश्तमोमा भएकाहरूलाई;
29
अनि राकालमा; यरहमेलीहरू र केनीहरूका सहरमा भएकाहरूलाई;
30
होर्मा, बोर-आशान, अत्ताकमा भएकाहरूका निम्ति,
31
र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31