bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 4
1 Samuel 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 5 →
1
अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले।
2
पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे।
3
जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।”
4
यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्वरको करारको सन्दुकसँग त्यहाँ थिए।
5
जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्लिने गरी ठूलो सोरले चिच्याए।
6
त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए,
7
तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन।
8
हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए।
9
हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।”
10
यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए।
11
परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
12
त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो।
13
जब त्यो मानिस आइपुग्यो, तब त्यहाँ एलीचाहिँ परमेश्वरको सन्दुकको कारण विचलित भएर बाटोको छेउमा आफ्नो कुर्सीमाथि बसेर हेरिरहेका थिए। अनि त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो, सो सबै भन्यो, तब सारा सहरमा चीत्कार मच्चियो।
14
“यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।
15
एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए।
16
अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?”
17
त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्वरको करारको सन्दुक पनि खोसियो।”
18
जब त्यो मानिसले परमेश्वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
19
तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्यो।
20
जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्।
21
तिनले यसो भनेर बालकको नाम इकाबोद राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो।
22
तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्वरको सन्दुक खोसिएको छ।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31