bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 14
1 Samuel 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
1
एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्।
2
शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए।
3
तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन।
4
पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो।
5
एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो।
6
तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।”
7
अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।”
8
जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्।
9
यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ।
10
तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।”
11
यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।”
12
तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।” यसकारण जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि-पछि माथि आऊ; किनभने याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको छ।”
13
जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्यो।
14
तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे।
15
तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्लियो। अनि यो परमेश्वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।
16
बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।
17
तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।
18
तब शाऊलले अहीयाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)
19
शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।”
20
तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे।
21
ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।
22
जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।
23
यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो।
24
अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्।
25
सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो।
26
जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो।
27
तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।
28
तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।”
29
जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु।
30
यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?”
31
त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए।
32
इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए।
33
तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।” शाऊलले भने, “तिमीहरूले विश्वासघात गर्यौ। अब झट्टै यहाँ एउटा ठूलो ढुङ्गा गुडाएर ल्याओ।”
34
त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ” यसकारण हरेकले त्यस रात आफ्नो गोरु ल्याएर त्यहाँ मारे।
35
त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो।
36
शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्!” तर पुजारीले भने, “हामी पहिले परमेश्वरसँग सोधपुछ गरौँ।”
37
यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।
38
यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ।
39
इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्।
40
तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!”
41
तब शाऊलले याहवेह इस्राएलका परमेश्वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए।
42
तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्यो।
43
तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!”
44
शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”
45
तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्नेछैन। किनकि तिनले आजको यो काम परमेश्वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन।
46
त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए।
47
शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए।
48
तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए।
49
शाऊलका छोराहरू जोनाथन, यिश्वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो।
50
तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए।
51
शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए।
52
शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31