bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 17
1 Samuel 17
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
1
अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले।
2
शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्क्ति बाँधेर तैनाथ भए।
3
बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए।
4
पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान अग्लो थियो।
5
त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल ओजन भएको काँसोको झिलम लगाएको थियो;
6
त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो।
7
त्यसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।
8
तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ।
9
यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।”
10
तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।”
11
त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए।
12
अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए।
13
यिशैका तीन जना ठूला छोराहरू शाऊलसँग युद्धमा गएका थिए: जेठो एलिआब, माहिलो अबीनादाब र साहिँलो शम्मा।
14
दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए।
15
तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे।
16
चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो।
17
अब यिशैले आफ्ना छोरा दावीदलाई भने, “यो एक एपा भुटेको अन्न र यी दश वटा रोटीहरू तेरा दाजुहरूका निम्ति लिएर चाँडै तिनीहरूको छाउनीमा जा।
18
तिनीहरूका छाउनीका सेनापतिकहाँ यी दश वटा पनीर पनि लिएर जा। तेरा दाजुहरू कस्ता छन्, गएर हेर् र तिनीहरूबाट केही सान्त्वनाको खबर लिएर आइज।
19
तिनीहरू शाऊलसँग छन्, र इस्राएलका सबै मानिसहरू एलाको बेँसीमा पलिश्तीहरूसँग युद्ध गर्दैछन्।”
20
भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे।
21
इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए।
22
दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे।
23
दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने।
24
जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे।
25
इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।”
26
दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?”
27
तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।”
28
जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।”
29
दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?”
30
तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए।
31
दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए।
32
दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।”
33
तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।”
34
तर दावीदले शाऊललाई भने, “तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो,
35
तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे।
36
तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूलाई धम्की दिएको छ।
37
जुन परमेश्वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”
38
तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए।
39
दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए।
40
तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे।
41
त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो।
42
त्यसले दावीदलाई नियालेर हेर्यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो।
43
त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो।
44
त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।”
45
तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।
46
आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नेछन्।
47
यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
48
जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए।
49
दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो।
50
यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे।
51
दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे।
52
अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए।
53
पलिश्तीहरूलाई खेदेर इस्राएलीहरू फर्कँदा, तिनीहरूले पलिश्तीहरूका छाउनी लुटे।
54
दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे।
55
दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्चै मलाई थाहा छैन।”
56
तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।”
57
जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्याए।
58
शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31