bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 18
1 Samuel 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
1
जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे।
2
त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्।
3
जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
4
जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए।
5
शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए।
6
दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए।
7
तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।”
8
त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्त गर्नु बाँकी रह्यो र।”
9
अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्टिले हेर्न थाले।
10
भोलिपल्ट परमेश्वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो।
11
“दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के।
12
शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो।
13
यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे।
14
तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
15
जब शाऊलले तिनलाई सफलता पाएको देखे, तब उनी दावीदसँग अझ धेरै डराउन थाले।
16
तर सारा इस्राएल र यहूदाले चाहिँ दावीदलाई प्रेम गर्थे; किनकि उनीहरूलाई युद्धहरूमा तिनले नेतृत्व गर्दथे।
17
तब शाऊलले दावीदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म यसलाई तिमीसँग विवाह गरिदिनेछु। तिमीले केवल वीरतासाथ मेरो सेवा गर, र याहवेहको युद्ध गर।” किनकि शाऊलले मनमनै भने, “म यसको विरुद्धमा हात उठाउनेछैन। तर पलिश्तीहरूले नै त्यो काम गरून्!”
18
तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?”
19
यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए।
20
अब शाऊलकी छोरी मीकलले चाहिँ दावीदलाई प्रेम गर्थिन्। अनि जब तिनीहरूले यो कुरा शाऊललाई बताए, तब तिनी खुशी भए।
21
तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।”
22
तब शाऊलले आफ्ना सेवकहरूलाई हुकुम दिए: “दावीदलाई एकलै बोलाएर भन, ‘हेर्नुहोस्, राजा तपाईंसँग खुशी हुनुहुन्छ; अनि उहाँका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। अब तपाईं राजाको जुवाइँ बन्नुहोस्!’ ”
23
तब शाऊलका मानिसहरू गएर दावीदलाई ती कुराहरू भनिदिए। तर दावीदले भने, “के राजाको जुवाइँ हुनु चानचुने कुरा हो भनी तिमीहरू सम्झन्छौ? म त एउटा गरिब मानिस हुँ, र साधारण मानिस मात्र हुँ।”
24
जब शाऊलका सेवकहरूले तिनलाई दावीदले भनेका कुरा सुनाइदिए,
25
तब शाऊलले जवाफ दिए, “दावीदलाई यसो भन, ‘राजाले दुलहीको मूल्यको निम्ति शत्रुहरूलाई बदला लिन पलिश्तीहरूका एक सय खलडीबाहेक अरू केही चाहनुहुन्न।’ ” शाऊलको योजनाचाहिँ पलिश्तीहरूको हातबाट दावीद मारियोस् भन्ने थियो।
26
जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै,
27
दावीद आफ्ना सेनाहरू लिएर निस्के; र दुई सय पलिश्तीहरूलाई मारे। अनि तिनीहरूका खलडीहरू ल्याए। दावीद राजाको जुवाइँ हुन सकून् भनेर तिनीहरूले ती सबै गन्ती गरे। त्यसपछि शाऊलले आफ्नी छोरी मीकललाई दावीदसँग विवाह गरिदिए।
28
जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्ने कुरा थाहा पाए,
29
तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे।
30
पलिश्ती सेनापतिहरू लडाइँ गर्न निस्किरहन्थे। अनि जति पल्ट तिनीहरूले हमला गर्थे, त्यति नै शाऊलका अरू अधिकृतहरूभन्दा दावीदले बढी सफलता पाउँथे। यसरी तिनको नाम अति प्रसिद्ध भयो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31