bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 7
1 Samuel 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
1
यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।
2
किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए।
3
अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”
4
यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।
5
तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”
6
जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।
7
जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्ने कुरा सुने, तब तिनीहरू डराए।
8
इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”
9
तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।
10
शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।
11
इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्दै गए।
12
तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
13
यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्यो।
14
पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।
15
शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।
16
हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे।
17
तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31