bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 9
1 Samuel 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
1
बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए।
2
कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्।
3
एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।”
4
यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्।
5
जब तिनीहरू सूपको जिल्लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।”
6
तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।”
7
शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?”
8
त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल चाँदी छ। म परमेश्वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।”
9
(त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।)
10
तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्वरका जन भएको सहरमा गए।
11
तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?”
12
तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।”
13
“तपाईंहरू सहरमा पस्नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।”
14
तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए।
15
अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो:
16
“म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।”
17
जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।”
18
शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!”
19
शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु।
20
अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।”
21
शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्नुहुन्छ?”
22
तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए।
23
तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।”
24
यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए।
25
तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे।
26
तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के।
27
जब तिनीहरू सहरको पल्लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्वरको सन्देश बताउन सकूँ।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31