bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Samuel 16
1 Samuel 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
1
याहवेहले शमूएललाई भन्नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।”
2
तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” याहवेहले भन्नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’
3
यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।”
4
याहवेहले भन्नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?”
5
शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए।
6
जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।”
7
तर याहवेहले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।”
8
तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्नुभएको छैन।”
9
तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्नुभएको छैन।”
10
यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्नुभएको छैन।”
11
यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्नेछैनौँ।”
12
यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।”
13
यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए।
14
अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।
15
शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्नुहोस्, परमेश्वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।
16
हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।”
17
यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।”
18
तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।”
19
तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।”
20
यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए।
21
दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए।
22
तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्न छु।”
23
जब-जब परमेश्वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31