bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 14
Job 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 15 →
1
“स्त्रीको कोखबाट जन्मेका मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
2
तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।
3
के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?
4
अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन!
5
हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।
6
यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।
7
“किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।
8
त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि
9
पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।
10
तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?
11
तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,
12
त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।
13
“यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो!
14
कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।
15
तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।
16
तब निश्चय नै तपाईंले मेरा पाइलाहरू गन्नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।
17
मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।
18
“तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,
19
पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, र भलबाढीले माटो बगाएर लगेझैँ, त्यसरी नै तपाईंले मानिसको आशा नष्ट पारिदिनुहुन्छ।
20
तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।
21
तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।
22
तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42