bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 15
Job 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 16 →
1
तब एलीपज तेमानीले जवाफ दिए:
2
“के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?
3
के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?
4
तर तपाईंले त परमेश्वरको सम्मानलाई नै त्याग्नुहुन्छ, र उहाँको भक्तिलाई बाधा पुर्याउनुहुन्छ।
5
तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ; तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ।
6
तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
7
“के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? के तपाईं पहाडहरूभन्दा पहिले सृष्टि गरिनुभएको थियो?
8
के तपाईंले परमेश्वरको सभामा बसेर सुन्नुभएको छ? के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?
9
हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्नुहुन्छ? हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ?
10
तपाईंका पिताभन्दा वृद्ध मानिस, केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।
11
परमेश्वरको सान्त्वना, तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्त छैनन् र?
12
तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ? अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्?
13
त्यसैले तपाईं आफ्नो रिस परमेश्वरको विरुद्ध भड्काउनुहुन्छ र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?
14
“मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?
15
यदि परमेश्वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने,
16
झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्ट छन्, जसले दुष्टतालाई पानीझैँ पिउँछन्!
17
“मेरो कुरा सुन्नुहोस् र म तपाईंलाई बयान गर्नेछु; मैले जे देखेको छु, तपाईंलाई भन्न दिनुहोस्,
18
बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,
19
(जसलाई मात्रै देश दिइएको थियो, जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।)
20
दुष्ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ, निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ।
21
त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।
22
त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; किनकि त्यो तरवारको निशानामा हुन्छ।
23
त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।
24
कष्ट र वेदनाले त्यसलाई तर्साउँछ; आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;
25
किनकि त्यसले आफ्नो मुड्की परमेश्वरको विरुद्धमा बढाउँछ, र त्यसले सर्वशक्तिमान्को विरुद्ध जोरी खोज्छ,
26
आफ्नो मोटा र बलिया ढाल लिएर परमेश्वरको विरुद्धमा जाइलाग्छ।
27
“त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि र त्यसको कम्मर मासुले भरिएको भए तापनि
28
त्यो भत्किएका सहरहरूमा बास बस्नेछ, ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, जहाँ कोही पनि बास गर्दैनन्।
29
त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।
30
त्यो अन्धकारबाट उम्कन सक्दैन; त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, र परमेश्वरको मुखको सासले त्यसलाई उडाउनेछ।
31
त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्; किनकि त्यसको साटोमा त्यसले केही पनि नपाओस्।
32
त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, र त्यसका हाँगाहरू फस्टाउने छैनन्।
33
त्यो त नपाकिकनै झरेको अङ्गुरजस्तै हुनेछ, र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ।
34
किनकि परमेश्वर नमान्नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।
35
तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्टता जन्माउँछन्; तिनीहरूका गर्भले छल रच्तछन्।”
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42