bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 41
Job 41
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
1
“के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्न सक्छस्, वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्?
2
के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्; वा त्यसको चिउँडोलाई बल्छीले छेड्न सक्छस्?
3
के त्यसले तँसँग दयाको भीख माग्ला? वा त्यसले तँसँग नम्र भएर बोल्ला?
4
के जीवनकालभरि नै तेरो कमारो हुनलाई त्यसले तँसँग वाचा बाँध्ला र?
5
के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्?
6
के व्यापारीहरूले त्यसलाई किन्ने प्रयास गर्लान् र? के तिनीहरूले त्यसलाई पसलेहरूको बीचमा भागबण्डा लाउनान् र?
7
के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्? अथवा त्यसको टाउकोलाई माछा मार्ने अङ्कुसेले छेड्न सक्छस्?
8
यदि तैँले त्यसमाथि हात उठाइस् भने तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्!
9
त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ।
10
त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला?
11
मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्।
12
“म लिव्यातनका अङ्गहरू, त्यसको बल र त्यसको सुन्दर बनावटको विषयमा बोल्न चुप रहनेछैनँ।
13
त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ?
14
डरलाग्दा दाँतहरूले घेरेको त्यसको मुखलाई कसले खोल्ने आँट गर्न सक्छ?
15
त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्क्तिहरू जस्तै एकसाथ कस्सिएर बसेका छन्;
16
एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन।
17
ती एक-आपसमा कस्सिएर जोडिएका छन्; तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन।
18
लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्।
19
त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्; आगोका झिल्काहरू बाहिर निस्कन्छन्।
20
बलिरहेको आगोमाथि उम्लेको भाँडाबाट निस्केको वाफझैँ त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ।
21
त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ।
22
त्यसको गर्दनमा बलको बास हुन्छ; जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ।
23
त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; त्यो स्थिर र अटल हुन्छ।
24
त्यसको छाती चट्टानजस्तै कडा, जाँतोको तल्लो भागजस्तै कडा हुन्छ।
25
जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्; त्यसले आक्रमण गर्नुअगि नै तिनीहरू पछि हट्छन्।
26
त्यसलाई न तरवार, न भाला न तीर, अथवा न त बर्छाले नै केही असर पार्न सक्छ।
27
त्यसले फलामलाई परालझैँ, र काँसोलाई कुहेको काठझैँ ठान्छ।
28
काँडले त्यसलाई भगाउन सकिँदैन; त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्।
29
त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ; अनि भाला चलाउँदाको आवाजमा त्यो हाँस्छ।
30
त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्; दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्छ।
31
त्यसले गहिरो सागरलाई भाँडामा उम्लेको पानीझैँ बनाउँछ, र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ।
32
टलक्क टल्किने धार छोड्दै त्यो हिँड्छ; कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्।
33
पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन, जसलाई निडर प्राणीको रूपमा बनाइएको छ।
34
त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; त्यो सबै घमण्डीहरूका राजा हो।”
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42