bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 34
Job 34
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
1
तब एलिहूले भने:
2
“हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्नुहोस्; हे विद्वान् मानिसहरू हो, मेरा कुरा सुन्नुहोस्।
3
किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, कानले शब्दहरूको जाँच गर्छ।
4
जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ; जे कुरा असल छ, त्यो कुरा एकसाथ मिलेर सिकौँ।
5
“इयोबले भन्छन्, ‘म निर्दोष छु, तर पनि परमेश्वरले मलाई न्याय गर्न इन्कार गर्नुभयो।
6
म ठिक भए तापनि म झूटो ठहराइएको छु; म दोषरहित भए तापनि उहाँको काँडले निको नहुने चोट दिएको छ।’
7
इयोबजस्तै अर्को कुनै मानिस छ, जसले अपमानलाई पानी पिएजस्तै पिउँछ?
8
तिनी दुष्ट काम गर्नेहरूको सङ्गत गर्छन्; तिनी दुष्ट मानिसहरूसँग मिल्छन्।
9
किनकि तिनले भन्छन्, ‘परमेश्वरलाई खुशी पार्न खोजेर मानिसलाई केही लाभ छैन।’
10
“यसकारण मेरो कुरा सुन्नुहोस्! तपाईं समझदार मानिसहरू दुष्ट काम गर्न परमेश्वरबाट अलग हुनुहोस्, गलत काम गर्न सर्वशक्तिमान्बाट टाढा रहनुहोस्।
11
उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ।
12
परमेश्वरले दुष्ट कार्य गर्नुहुन्छ, र सर्वशक्तिमान्ले खराब गर्नुहुन्छ भन्ने कुरा सोच्नै नसकिने कुरा हो।
13
कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्यो? कसले उहाँलाई सारा संसारको जिम्मा दियो?
14
यदि उहाँको यस्तो इच्छा भएको भए र उहाँले आफ्नो आत्मा र सास फर्काउनुभयो भने,
15
सारा मानव-जाति एकसाथ नाश हुनेछन्, र मानिस जाति सबै माटैमा फर्किजानेछन्।
16
“यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्नुहोस्; म के कुरा भन्छु, त्यो सुन्नुहोस्।
17
जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र? के तपाईं धर्मी र सर्वशक्तिमान्लाई दोषी ठहराउनुहुन्छ र?
18
के उहाँ त्यही परमेश्वर हुनुहुन्न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ र शासकहरूलाई, ‘तिमीहरू दुष्ट मानिसहरू हौ,’ भन्नुहुन्छ,
19
जसले शासकहरूलाई पक्षपात गर्नुहुन्न, र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्न, किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्?
20
तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; मानिसहरू हल्लाइन्छन् र तिनीहरू मरिहाल्छन्; शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्।
21
“उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ; उहाँले तिनीहरूका हरेक कदम देख्नुहुन्छ।
22
यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन, जहाँ दुष्ट काम गर्नेहरू उहाँको नजरदेखि लुक्न सक्छन्।
23
परमेश्वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर उहाँले मानिसहरूलाई जाँचिरहनुपर्दैन।
24
उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ, र तिनीहरूका ठाउँमा अरूलाई बसाल्नुहुन्छ।
25
किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ, उहाँले तिनीहरूलाई रातमा भताभुङ्ग पार्नुहुन्छ, र तिनीहरू धुलोपिठो भएर जान्छन्।
26
उहाँले तिनीहरूलाई तिनीहरूका दुष्टताको निम्ति दण्ड दिनुहुन्छ, जहाँ हरेक मानिसहरूले तिनीहरूलाई देख्न सक्छन्,
27
किनभने तिनीहरूले परमेश्वरलाई पछ्याउन छोडेका छन्, र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्।
28
तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ, त्यसैले उहाँले खाँचोमा परेकाहरूको पुकार सुन्नुहुन्छ।
29
तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र? यदि उहाँले आफ्नो मुहार लुकाउनुभयो भने उहाँलाई कसले देख्न सक्छ र? यद्यपि उहाँ त हरेक मानिस र जाति-जातिहरू दुवैमाथि हुनुहुन्छ;
30
ताकि ईश्वरहीन मानिस शासक नबनोस्, र मानिसहरू पासोमा नपरून्।
31
“मानौ कुनै मानिसले परमेश्वरलाई यसो भन्यो, ‘म दोषी छु, तर अब कहिल्यै अपराध गर्दिनँ।
32
मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्; यदि मैले गलत गरेको छु भने अब म फेरि त्यसो गर्नेछैनँ।’
33
तपाईंले पश्चात्ताप गर्न अस्वीकार गर्नुहुँदा, के परमेश्वरले तपाईंको सर्तअनुसार तपाईंलाई प्रतिफल दिनुपर्छ? मैले होइन, तपाईंले नै निर्णय लिनुपर्छ; यसकारण तपाईंलाई के थाहा छ, त्यो मलाई भन्नुहोस्।
34
“समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्, मेरा कुरा सुन्ने बुद्धिमान् मानिसहरूले मलाई भन्छन्,
35
‘इयोबले ज्ञानविनै बोल्छन्; तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’
36
अहो, दुष्ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा इयोबलाई सकेसम्म जाँच गरिएको भए त!
37
तिनको पापमा तिनले विद्रोह थप्दछन्; तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, र परमेश्वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।”
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42