bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 9
Job 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
1
तब इयोबले यस्तो जवाफ दिए:
2
“वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। तर परमेश्वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
3
उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
4
उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
5
उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।
6
परमेश्वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाइदिनुहुन्छ, र त्यसका खम्बाहरू थरथर काँप्छन्।
7
उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।
8
उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
9
उहाँ सप्तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्टिकर्ता हुनुहुन्छ।
10
उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
11
जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
12
यदि उहाँले कसैबाट केही खोसेर लैजानुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
13
परमेश्वरले आफ्नो रिस थाम्नुहुन्न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
14
“त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
15
यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
16
यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि उहाँले मेरो कुरा सुन्नुहुन्छ भनी म विश्वास गर्दिनँ।
17
उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।
18
उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
19
यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
20
म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
21
“यद्यपि म दोषरहित छु, मलाई मेरो आफ्नो कुनै वास्ता छैन; म आफ्नै जीवनलाई तुच्छ ठान्छु।
22
सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, ‘उहाँले निर्दोष र दुष्ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’
23
ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।
24
जब दुष्ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
25
“मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; आनन्दको झलकविना नै ती उडेर जान्छन्।
26
निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।
27
‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि
28
आफूले भोगेका सबै कष्टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
29
म पहिले नै दोषी ठहराइएको छु भने मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?
30
यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि, र मेरा हात खरानी पानीले धोएँ तापनि
31
तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्नेछ।
32
“किनकि परमेश्वर मजस्तै मरणशील मानिस हुनुहुन्न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
33
यदि परमेश्वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
34
परमेश्वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
35
तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42