bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 32
Job 32
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 33 →
1
यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्टिमा धर्मी थिए।
2
तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए।
3
तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए।
4
तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।
5
तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो।
6
यसकारण बूजी बारकेलका छोरा एलिहूले भने: “म उमेरमा तपाईंहरूभन्दा कान्छो छु, तर तपाईंहरू मभन्दा पाको हुनुहुन्छ; त्यसैकारण म डराएको थिएँ, अनि मैले जानेका कुराहरू तपाईंहरूलाई भन्न आँट गरेको थिइनँ।
7
‘पाका उमेरकाहरूले बोल्नुपर्छ, र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ।’ भनी मैले सोचेको थिएँ,
8
तर यो त मानिसमा हुनुहुने आत्माले; सर्वशक्तिमान्को सासले पो तिनीहरूलाई समझशक्ति दिँदोरहेछ।
9
ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त बुढापाका हुँदैमा सबै ठिक छ भनी बुझेका हुन्छन्।
10
“यसैकारण म भन्दछु: मेरो कुरा सुन्नुहोस्; म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्नेछु।
11
तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ, तपाईंहरूले के बोलौँ भनेर शब्दहरू खोज्नुभएको बेला, तपाईंहरूका तर्कहरू मैले ध्यान दिएर सुनिरहेँ।
12
मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ। तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन; तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन।
13
तपाईंहरूले यसरी नभन्नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ; मानिसले होइन, तर परमेश्वरले तिनको खण्डन गरून्।’
14
तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्; अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ।
15
“तिनीहरू हैरान भए; र तिनीहरू अक्क न बक्क भए; तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन।
16
अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्; अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त?
17
मसँग पनि मैले भन्नुपर्ने कुराहरू छन्; म पनि आफ्नो बिचार राख्नेछु;
18
किनकि मसँग प्रशस्त शब्दहरू छन्, र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ।
19
म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु; फुट्न लागेको नयाँ मद्यको मशकजस्तै भएको छु।
20
मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ; मैले आफ्नो मुख खोल्नैपर्छ र जवाफ दिनैपर्छ।
21
म पक्षपात गर्नेछैनँ, न त कुनै मानिससँग चापलुसी नै गर्नेछु;
22
किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए, मलाई मेरा सृष्टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42