bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 39
Job 39
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 40 →
1
“के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्चाहरू बियाएका कहिल्यै देखेको छस्?
2
के तैँले तिनीहरूले बच्चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्चा बियाउँने समय जान्दछस्?
3
तिनीहरूले निहुरेर बच्चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।
4
तिनीहरूका बच्चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।
5
“कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? कसले त्यसका डोरीहरू खोलिदियो?
6
गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।
7
त्यसले सहरको होहल्लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।
8
त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ।
9
“के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? के त्यसले तेरो गोठमा रात बिताउला र?
10
के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र?
11
के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?
12
के त्यसले तेरो अन्न खलामा जम्मा गर्न र खलाबाट दाउनी गर्ने स्थानमा ल्याउनेछ भनेर तँ ढुक्क हुन सक्छस्?
13
“शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।
14
त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे।
15
अनि खुट्टाले तिनलाई कुल्चेला, अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन।
16
आफ्ना चल्लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,
17
किनकि परमेश्वरले त्यसलाई बुद्धि दिनुभएको छैन, अथवा त्यसलाई असल विवेक दिनुभएको छैन।
18
तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, त्यसले घोडा र घोडसवारको खिसी गर्छे।
19
“के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्याएको हो र?
20
के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?
21
त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।
22
त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन।
23
त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।
24
अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन।
25
तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।
26
“के तिरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?
27
के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र?
28
त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।
29
त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।
30
त्यसका बचेराहरूले रगत चुस्छन्; र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।”
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42