bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 20
Job 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 21 →
1
तब सोपर नमातीले जवाफ दिए:
2
“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; किनकि म धेरै विचलित भएको छु।
3
जब म मेरो अपमान हुने गालीहरू सुन्छु, मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।
4
“निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,
5
कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
6
यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
7
तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
8
कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, रातको दर्शनजस्तै लोप भएर जान्छ।
9
त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्नेछैन।
10
त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।
11
त्यसका हड्डीहरूमा भरिएका यौवन त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।
12
“दुष्टता त्यसको मुखमा मिठो भए तापनि र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,
13
तथापि त्यसले त्यो छोड्न सक्दैन, त्यसको मुखमै रहिरहे तापनि
14
त्यसको भोजन त्यसको पेटमा अमिलो बन्नेछ; र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।
15
त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; परमेश्वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।
16
त्यसले सर्पको विष चुस्नेछ; विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।
17
त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।
18
त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
19
किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।
20
“निश्चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।
21
त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।
22
त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्टको बोझ त्यसमाथि आइपर्नेछ।
23
त्यसले आफ्नो पेट भरेको बेला, परमेश्वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्का बर्साउनुहुनेछ।
24
त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
25
त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।
26
त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।
27
आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।
28
त्यसको घरलाई बाढीले, र परमेश्वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
29
परमेश्वरले दुष्ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, परमेश्वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42