bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 24
Job 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 25 →
1
“किन सर्वशक्तिमान्ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
2
जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्; तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।
3
तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्,
4
तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।
5
मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।
6
तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
7
लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।
8
तिनीहरू पहाडहरूका झरीले निथ्रुक्क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
9
अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
10
लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
11
तिनीहरूले खेतका गराहरूमा जैतुनको तेल पेल्छन्; तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्।
12
मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
13
“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्।
14
जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
15
व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ।
16
रातमा चोरहरूले घरहरू फोर्छन्, तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।
17
तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।
18
“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
19
गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।
20
गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
21
तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, र विधवालाई कुनै दया देखाउँदैनन्।
22
तर परमेश्वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्चयता हुँदैन।
23
उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।
24
केही क्षणको निम्ति तिनीहरू उच्च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; तिनीहरू अन्नका बालाहरू काटिएजस्तै काटिनेछन्।
25
“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42