bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Job 30
Job 30
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 31 →
1
“तर अहिले त मभन्दा साना उमेरकाहरूले मेरो हाँसो उडाउँछन्, जसका बुबाहरूलाई मेरो भेडाहरूको गोठालो कुकुरहरूको दर्जामा राख्न पनि अयोग्य ठान्थेँ।
2
तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले, मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?
3
अभाव र भोकले दुब्लाएर, तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे, र उजाड ठाउँतिर डुलिहिँड्थे।
4
तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।
5
तिनीहरू मानव समाजबाट धपाइएका थिए, तिनीहरूलाई चोरहरूलाई जस्तै लखेटिन्थ्यो।
6
तिनीहरूलाई सुक्खा खोलाका बगरहरूमा, चट्टान र जमिनका दुलोहरूमा बस्न बाध्य गराइन्थ्यो।
7
तिनीहरू झाडीहरूमा कराई हिँड्थे र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।
8
तिनीहरू मूर्ख र नामथर विहीन सन्तानहरू थिए; तिनीहरूलाई देशबाट निकालिएको थियो।
9
“तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्ला गर्छन्; म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।
10
तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।
11
अहिले परमेश्वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ; तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।
12
मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।
13
तिनीहरूले मेरो बाटो भत्काउँछन्; तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर मलाई नाश गर्न सफल हुन्छन्।
14
तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।
15
मलाई त्रासले छाएको छ; मेरो प्रतिष्ठा बतासले उडाएजस्तै भएको छ, मेरो सुरक्षा बादलजस्तै हराएको छ।
16
“र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; कष्टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।
17
रातले मेरा हड्डीहरूलाई छेड्छ; मलाई पिरोल्ने पीडा कहिल्यै थामिँदैन।
18
परमेश्वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ; उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।
19
उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ, अनि म धुलो र खरानीजस्तै भएको छु।
20
“हे परमेश्वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न; म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्न।
21
तपाईं मसँग निर्दयी हुनुभएको छ; आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।
22
तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ; तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।
23
म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्यानुहुन्छ, त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।
24
“पीडित मानिसले आफ्नो कष्टमा सहायताको निम्ति बिन्ती गर्दा निश्चय नै त्यसमाथि कसैले हात उठाउँदैन।
25
के म सङ्कष्टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?
26
तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।
27
मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; कष्टका दिनहरूले मेरो सामना गर्छन्।
28
म कालो भएको छु, तर घामले होइन; म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।
29
म त स्यालहरूको भाइ, उल्लुहरूको साथी भएको छु।
30
मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ; मेरो शरीर ज्वरोले जलेको छ।
31
मेरो वीणा शोकमा परिणत भएको छ, र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42