bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 1
1 Corinthians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
1
परमेश्वरको आफ्नै इच्छाबाट येशू ख्रीष्टको दूत हुन बोलाइएको म पावल र सोस्थेनेस भाइबाट
2
कोरिन्थमा भएको परमेश्वरको ख्रीष्टिय-मण्डलीलाई, ख्रीष्ट येशूमा पवित्र बनाइएका र ख्रीष्टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्टको नाउँ पुकार्नेहरूलाई यो लेख्दै छौं।
3
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
4
तिमीहरूको लागि साथै ख्रीष्ट येशूमा परमेश्वरले तिमीहरूलाई गर्नुभएको अनुग्रहको लागि पनि म उहाँलाई सधैँभरि धन्यवाद चढाउँछु
5
किनभने ख्रीष्टमा तिमीहरू सबै कुराले धनी भएका छौ। त्यसैले तिमीहरूमा बोल्ने शक्ति र सबै कुरा भन्न सक्ने ज्ञान छ
6
किनभने ख्रीष्टको बारेमा दिएको गवाही सत्य हो भनी परमेश्वरले तिमीहरूमा प्रमाण गर्नुभयो।
7
त्यही कारणले हाम्रा प्रभु येशू ख्रीष्टको बाटो हेर्दा तिमीहरूलाई कुनै पनि वरदानको अभाव छैन।
8
हाम्रा प्रभु येशू ख्रीष्ट आउने दिनमा तिमीहरू निर्दोष होओ भनेर उहाँले तिमीहरूलाई आखिरिसम्म दरिलो बनाउनुहुनेछ।
9
परमेश्वर भरपर्दो हुनुहुन्छ। उहाँले नै आफ्ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टसँग रहन तिमीहरूलाई बोलाउनुभयो।
10
प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई बिन्ती गर्दछु, तिमीहरू एक होओ, तिमीहरूका बीचमा फाटो नहोस् र एकै मनको र एउटै उद्देश्यमा लाग्ने होओ
11
किनभने मैले केही कुरा तिमीहरूको बारेमा क्लोएको घरानाबाट सुनेको छु कि तिमीहरूका बीचमा झगडा छ रे।
12
मैले सुनेको कुरो यो हो कि तिमीहरू कोही ‘म पावलको हुँ’ त्यस्तै ‘कोही अपोल्लोसको’ कोही ‘पत्रुसको’ अनि कोही ‘ख्रीष्टको हुँ’ भन्छौ रे।
13
के ख्रीष्ट टुक्रिनुभएको छ? के पावल तिमीहरूका लागि क्रूसमा बलि भएको थियो? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ?
14
परमेश्वरलाई धन्यवाद होस्, क्रिस्पस र गायसबाहेक अरू कसैलाई मैले बप्तिस्मा दिइनँ।
15
त्यसो हुँदा मैले आफ्नो चेला बनाउन तिमीहरू कसैलाई पनि बप्तिस्मा दिएँ भनी कसैले भन्न सक्दैन।
16
हो, मैले स्तिफनसका घरानालाई पनि बप्तिस्मा दिएँ। यसबाहेक मैले कसैलाई बप्तिस्मा दिएको थाहा छैनँ।
17
ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन, सुसमाचार प्रचार गर्न खटाउनुभएको हो। प्रचारमा मैले बोलीको बठ्याइँ चलाइनँ, नत्रता क्रूसमा भएको ख्रीष्टको बलिदानको शक्ति नै व्यर्थ हुनेथियो।
18
क्रूसमा भएको ख्रीष्टको बलिदानको प्रचार नाश हुनेहरूका लागि मूर्खको कुरो हो, तर हामी बचाइएकाहरूका लागि परमेश्वरको शक्ति हो।
19
यस्तै धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको छ, “ज्ञानीको ज्ञानलाई नाश पार्छु र बुद्धिमान्को बुद्धिलाई रद्द गर्नेछु।”
20
खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्डित? यस युगको तर्कशास्त्री खै? के परमेश्वरले संसारको ज्ञानलाई बेकम्मा बनाउनुभएन?
21
आफ्नो ज्ञान-बुद्धिको शक्तिमा संसारको मानिसले परमेश्वरलाई चिन्न सक्नेछैन भनी परमेश्वरले नै आफ्नो ज्ञानमा ठहराउनुभयो। त्यसो हुँदा परमेश्वरले त प्रचारको मूर्ख कुराबाटै विश्वास गर्नेलाई बचाउन चाहनुभयो।
22
यहूदीहरूले प्रमाणको लागि अचम्मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्छन्,
23
तर हामीले चाहिँ क्रूसमा झुन्ड्याइनुभएका ख्रीष्टकै प्रचार गर्छौं। यहूदीहरूका लागि यो ठेस लाग्ने कुरो भयो अनि ग्रीकहरूका लागि यो मूर्ख कुरो ठहरियो।
24
तर परमेश्वरले बोलाउनुभएका यहूदी र अन्य मानिसहरूका लागि चाहिँ ख्रीष्ट नै परमेश्वरको शक्ति र परमेश्वरकै ज्ञान हुनुहुन्छ
25
किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।
26
भाइहरू, परमेश्वरले बोलाउनुभएको बेला तिमीहरू कस्ता थियौ? विचार गर। संसारको स्तरअनुसार तिमीहरू धेरै जना ज्ञानी थिएनौ। धेरै जना शक्तिशाली थिएनौ। ठूला-ठूला घरानामा जन्मिएका थिएनौ।
27
तर परमेश्वरले ज्ञानीलाई लाजमा पार्न संसारमा मूर्ख ठहरिएकाहरूलाई छान्नुभयो अनि बलियाहरूलाई लाजमा पार्न संसारका कमजोर ठहरिएकाहरूलाई चुन्नुभयो।
28
म नै हुँ भन्नेहरूलाई लाजमा पार्न संसारले सानो र तुच्छ ठानेकाहरूलाई र काम नलाग्नेहरूलाई परमेश्वरले रोज्नुभयो।
29
यो आफ्नो अघि कसैले घमण्ड गर्न नपाओस् भनेर नै उहाँले गर्नुभयो।
30
उहाँले तिमीहरूलाई येशू ख्रीष्टसँगै एक बनाउनुभएको छ। उहाँकै कामले ख्रीष्ट हाम्रो ज्ञान हुनुभएको छ। हामी ख्रीष्टद्वारा परमेश्वरको अघि ठीक ठहरिन्छौं। हामी परमेश्वरका पवित्र र छुटकारा पाएका जन बन्दछौं।
31
यसैकारण धर्मशास्त्र भन्छ, “यदि कसैले घमण्ड गर्न चाहन्छ भने प्रभुले गर्नुभएको काममा नै घमण्ड गरोस्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16