bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 7
1 Corinthians 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
1
अब म तिमीहरूले लेखेका कुराको बारेमा भन्दछु। मानिस बिहे नगरी बस्छ भने राम्रो हो।
2
तर व्यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्येक स्वास्नी-मान्छेको आफ्नो लोग्ने होस् अनि प्रत्येक लोग्ने मान्छेको पनि आफ्नी स्वास्नी होस्।
3
पुरुषले लोग्नेको कर्तव्य पूरा गरोस्। स्त्रीले पनि स्वास्नीको कर्तव्य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्।
4
स्वास्नीको शरीर स्वास्नीको होइन, लोग्नेको हो। त्यसै गरी लोग्नेको शरीर लोग्नेको होइन, स्वास्नीको हो।
5
एक-अर्कालाई इन्कार नगर। केही समयका लागि सल्लाह गरेर प्रार्थना गर्न अलग बसे पनि अरू बेलाचाहिँ सँगै होऊ। नत्रता तिमीहरूले मन थाम्न नसके शैतानले फसाउने मौका पाउनेछ।
6
म यो कुरा आज्ञा दिएर त होइनँ तर छुट दिएर भन्दै छु।
7
हुन त सबै मजस्तै भएकै राम्रो हुन्थ्यो, सबैले परमेश्वरबाट भिन्दाभिन्दै वरदान पाएका छन्। एउटासँग एक किसिमको वरदान छ भने अर्कोसँग अर्कै किसिमको छ।
8
अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो।
9
तर तिमीहरू मन थाम्न सक्दैनौ भने बिहे गर। तिर्सनाले जल्नुभन्दा बिहे गर्नु राम्रो हो।
10
बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्नै त होइन, प्रभुको हो। स्वास्नीले लोग्नेलाई नछोडोस्
11
अनि लोग्नेले स्वास्नीलाई पनि नत्यागोस्। स्वास्नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्यसै बसोस् कि फेरि आफ्नो लोग्नेसँग मिलेर बसोस्।
12
अरूहरूलाई प्रभुबाट होइन, म आफैं भन्दछु, ख्रीष्टिय भाइको येशूमा विश्वास नगर्ने स्वास्नी छ र ऊसँगै बस्न चाहन्छे भने उसलाई नत्याग्नू।
13
त्यस्तै कुनै ख्रीष्टिय बहिनीको येशूमा विश्वास नगर्ने लोग्ने छ र ऊसँगै बस्न राजी छ भने उसलाई नछोड्नू
14
किनभने विश्वास नगर्ने लोग्ने विश्वास गर्ने स्वास्नीद्वारा पवित्र ठानिन्छ र विश्वास नगर्ने स्वास्नीचाहिँ विश्वास गर्ने लोग्नेद्वारा पवित्र ठानिन्छे। यदि त्यसो नभए तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेथिए। तर तिनीहरू त पवित्र भएका छन्।
15
तर विश्वास नगर्नेले आफ्नो ख्रीष्टिय लोग्ने वा स्वास्नीलाई छोड्न चाहन्छ भने छोड्न देओ। त्यस बेलाचाहिँ विश्वास गर्ने भाइ वा बहिनी स्वतन्त्र हुन्छ। परमेश्वरले तिमीहरूलाई त शान्तिको लागि छान्नुभएको हो।
16
के विश्वास गर्ने स्वास्नीले लोग्नेलाई वा त्यस्तै विश्वास गर्ने लोग्नेले स्वास्नीलाई बचाउन सक्छ भनी तिमीहरूलाई थाहा छैन?
17
परमेश्वरले नै तिमीहरूलाई छान्नुभएको हो अनि वरदान पनि उहाँले नै दिनुभएको हो। तिमीहरू हरेकले त्यसैअनुसार जिउनुपर्छ। मैले सबै मण्डलीलाई सिकाएको शिक्षा पनि यही हो।
18
शरीरमा खतना लाउने मानिस छानिएको छ भने उसले त्यस चिन्हलाई मेट्ने कोसिस नगरोस्। खतना नभएको मानिसलाई परमेश्वरले बोलाउनुभएको भए उसले पनि खतना लाउने कोसिस नगरोस्
19
किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो।
20
जस्तो अवस्थामा परमेश्वरले बोलाउनुभएको छ, त्यस्तै अवस्थामा ऊ होस्।
21
परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्दा नमान, तर यदि तिमीलाई स्वतन्त्र हुने मौका मिल्छ भने स्वतन्त्र होओ
22
किनभने कमाराचाहिँ प्रभुको स्वतन्त्र मानिस हुन छानियो र त्यसै गरी स्वतन्त्र मानिसचाहिँ ख्रीष्टको कमारो हुन रोजियो।
23
परमेश्वरले तिमीहरूलाई मोल हालेर किन्नुभएको हो। यसकारण मानिसको कमारो नहोओ।
24
त्यसकारण भाइहरू, जस्तो अवस्थामा परमेश्वरले तिमीहरूलाई छान्नुभएको छ, त्यस्तै अवस्थामा परमेश्वरसँग बस।
25
बिहे नगर्नेहरूका बारेमा मलाई प्रभुबाट कुनै आज्ञा मिलेको छैन। तर मैले प्रभुको दया पाएको हुँदा म भरपर्दो भई तिमीहरूलाई सल्लाह दिन्छु।
26
अहिलेको दु:खलाई विचार गर्दा जस्तो छौ, त्यस्तै बस्नु राम्रो होला।
27
बिहे गरेर बाँधिएका छौ? त्यसो हो भने छुट्टिने कोसिस नगर। बिहे नै गरेका छैनौ भने विवाहको बन्धनमा पर्न नखोज।
28
तिमीहरूले बिहे गर्यौ भने पनि पाप त लाग्दैन। त्यसै गरी बिहे नगरेका स्त्रीलाई पनि बिहे गर्दा पाप लाग्दैन। तर बिहे गर्नेहरूलाई यस संसारमा झन्झट हुन्छ अनि तिमीहरूलाई त्यसबाट जोगाउन चाहन्छु।
29
भाइहरू, म तिमीहरूलाई भन्दछु, समय छैन। अबदेखि स्वास्नी हुने नहुनेजस्तै होस्।
30
रुनेले अब अफसोस मानेको जस्तो नहोस्, हाँस्नेले खुसी भएको जस्तो नहोस्। किनेर ल्याएको पनि आफ्नो जस्तो नहोस्।
31
चीजबीज व्यापार गर्ने नगर्नेजस्तै होस् किनभने यो संसार अब धेरै बेर रहनेछैन।
32
म तिमीहरू झन्झटबाट मुक्त भएको चाहन्छु। बिहे नगरेको मान्छेले कसरी प्रभुलाई खुसी पारूँ भनेर काममा ध्यान दिन्छ।
33
बिहे गरेको मान्छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्यान दिन्छ
34
अनि उसको मन दुईतिर बाँडिएको हुन्छ। त्यसैगरी बिहे नगरेकी केटीले शरीर, आत्मा प्रभुकै होस् भनेर प्रभुको काममा ध्यान दिन्छे, तर बिहे गर्ने स्त्रीले कसरी लोग्नेलाई खुसी पारूँ भनी संसारका कुरामा ध्यान दिन्छे।
35
म यो कुरा तिमीहरूकै भलाइको लागि भन्दै छु। मैले तिमीहरूलाई नियमहरूले बाँधेको होइनँ। तर राम्रो होस् र तिमीहरूको मन पूरासँग प्रभुमा लागोस् भन्न खोजेको हुँ।
36
कसैको मगनी भएको छ र त्यस मानिसले मगनी भएकी केटीप्रति उचित व्यवहार नगरेको ठान्छ र त्यो केटीको उमेर पुगिसकेको छ र बिहे गर्न चाहन्छ भने तिनीहरूलाई बिहे गर्न देओ। उसलाई पाप लाग्दैन।
37
तर यदि त्यस मानिसको मन बलियो छ र कुनै करमा परेको छैन भने अनि आफ्नो इच्छालाई पूर्ण वशमा राखेको छ र मगनी भएकी केटीलाई बिहे गर्न चाहँदैन भने ठीकै छ।
38
जसले मगनी भएकी केटीलाई बिहे गर्छ, त्यस मान्छेले असलै गर्छ, तर बिहे गरेन भने झन् राम्रो हो।
39
लोग्ने बाँचुञ्जेल स्वास्नीचाहिँ लोग्नेमा बाँधिएकी हुन्छे; तर लोग्ने मर्यो भने उसले कसैसँग फेरि बिहे गर्न सक्छे। तर योचाहिँ ख्रीष्टियान बिहे हुनुपर्छ।
40
तर उसले बिहे नगरी बस्छे भने उसलाई शान्ति हुनेछ। यो मेरो विचार हो अनि मलाई लाग्छ, मसँग परमेश्वरका आत्मा हुनुहुन्छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16