bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 10
1 Corinthians 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
1
भाइहरू, मोशाका पछि लाग्ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्यो र समुद्रबाट राम्ररी नै पार गरे।
2
अनि बादल र समुद्रमा सबैले मोशाको पछि लागेर बप्तिस्मा पाए।
3
सबैले एकै किसिमको आत्माको खानेकुरो खाए
4
र आत्माकै पानी पिए किनभने तिनीहरूको साथसाथै लागिरहेको आत्मिक पहराबाट निक्लेको पानी नै पिए। यो पहरा ख्रीष्ट आफैं हुनुहुन्थ्यो।
5
तैपनि तिनीहरूसँग परमेश्वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए।
6
यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्तै नराम्रो इच्छा राख्नुहुँदैन
7
र तिनीहरू कतिले मूर्तिपूजा गरेझैँ तिमीहरूले गर्नुहुँदैन। धर्मशास्त्रमा लेखिएको छ, “मानिसहरू भोजमा खानपिन गर्न बसे र मोज-मज्जा गर्न लागे,”
8
तिनीहरूमा कति जनाले गरेजस्तै हामी व्यभिचारमा नलागौं। व्यभिचार गरेकाले नै तिनीहरू एकै दिनमा तेईस हजार मरे।
9
तिनीहरूमध्ये कतिले गरेजस्तो प्रभु परमेश्वरको जाँच हामी नगरौं। प्रभुको जाँच गरेकोले नै तिनीहरूलाई सर्पले सखाप पार्यो।
10
तिनीहरूझैँ हामी गनगनाउनुहुँदैन। तिनीहरूलाई मृत्युको दूतले सखाप पारेको थियो।
11
तिनीहरूमा भएका यी सबै कुरा नमुनाका लागि भए र हामीलाई होशियार गराउन लेखिए। हामीहरू अब संसारको अन्त हुने बेलामा आइपुगेका छौं।
12
राम्ररी उभिएको छु भन्नेले होश पुर्याओस्, नत्र ऊ लड्नेछ।
13
तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ।
14
त्यसैकारण प्यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्याग।
15
तिमीहरूलाई ज्ञानी मानिस सम्झेर म भन्दै छु। मैले भनेको कुराको जाँच गर।
16
प्रभुभोजको कचौरा लिएर हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। कचौराबाट पिउँदा हामीहरू ख्रीष्टको रगतमा साझेदार हुन्छौं। होइन र? टुक्र्याएको रोटी हामीले खाँदा हामी ख्रीष्टको शरीरमा साझेदार हुँदैनौ र?
17
एउटै रोटी छ। हामी धेरै भए पनि एउटै शरीर हौं। हामी सबैले एउटै रोटी बाँडेर खाएका छौं।
18
इस्राएलीहरूको धर्म र चलनमा हेर। परमेश्वरलाई चढाएको खानेले परमेश्वरकै सेवाको वेदीबाट खान साझेदार हुन्छ।
19
त्यसो भए म के भन्दै छु? मूर्तिलाई चढाएको कुरा वा खानेकुरो केही हो र? मूर्ति पनि केही चीज हो र?
20
मैले भन्न लागेको कुरा के हो भने अरू मानिसहरूले परमेश्वरलाई होइन, भूतलाई बलि चढाउँछन्। यसैले तिमीहरू पनि भूतसँग हेलमेल नगर भन्ने म चाहन्छु।
21
तिमीहरू प्रभुको कचौराबाट र भूतको कचौराबाट पिउन सक्दैनौ। त्यसै गरी तिमीहरू प्रभुको मेच अनि भूतको मेच दुवैबाट खान सक्दैनौ।
22
के हामी प्रभुलाई रिस उठाउन खोजौं? के हामी प्रभुभन्दा बलिया छौं र?
23
तिमी भन्छौ, “सबै थोक गर्नुहुन्छ।” हो, तर सबै कुराले भलो गर्दैन। “हामीले सब कुरा गर्न पाउँछौं,” भन्छौं। ठीक हो, तर सबै कुराले हामीलाई फाइदा गर्दैन।
24
कसैले पनि आफ्नो भलाइ होइन तर अरूको भलाइ खोजोस्।
25
विवेकको लागि केही नसोची तिमीहरू मासुको बजारबाट किनेर जे पनि खान सक्छौ
26
किनभने धर्मशास्त्र भन्छ, “पृथ्वी र यसमा भएका सबै थोक परमेश्वरका हुन्,।”
27
यदि प्रभुमा विश्वास नगर्ने कसैले तिमीहरूलाई खाना बोलाउँछन् भने तिमीलाई जान मन लागे जाओ, तर विवेकको लागि जे दिए पनि नसोधीकन खाओ।
28
तर कसैले ‘यो त मूर्तिमा चढाएको खानेकुरा हो’ भन्छ भने त्यस भन्ने मानिसको लागि र विवेकको लागि नखाओ।
29
मैले भनेको तिम्रै विवेकको लागि होइन, तर त्यो भन्ने मानिसको विवेकको लागि हो। तिमीहरू भन्छौ होला, अर्काको विवेकले मेरो स्वतन्त्रतालाई किन बाँध्नु?
30
यदि म धन्यवाद दिएर खान्छु भने धन्यवाद दिएर खाएको कुरामा किन अर्काले दोष लाउने?
31
खाने-पिउने जे गरे पनि परमेश्वरकै आदरको लागि गर। यस किसिमले जीवन जिउने गर।
32
तिम्रो जीवनले इस्राएलीलाई वा अरू जातिका मानिसलाई र परमेश्वरको मण्डलीलाई बाधा नहोस्।
33
मैले गरेजस्तै गर। म आफैं खुसी हुने कुरो खोज्दिनँ। तर सबैले मुक्ति पाऊन् भनेर सबै किसिमले सबैको भलाइ खोज्दछु।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16