bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 6
1 Corinthians 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
1
तिमीहरूमध्ये कसैसँग कसैको झगडा भयो भने के तिमी निसाफ खोज्न ख्रीष्टका पवित्र जनहरूकहाँ नगएर परमेश्वरै नमान्नेकहाँ जान्छौ?
2
ख्रीष्टका पवित्र जनहरूले नै संसारको न्याय गर्नेछन् भन्ने के तिमीहरूलाई थाहा छैन? संसारको त न्याय गर्नेछन् भने के यस्ता ससाना झगडाचाहिँ छिन्न सक्दैनन् र?
3
हामीले स्वर्गदूतको पनि न्याय गर्नेछौं भन्ने के तिमीहरूलाई थाहा छैन? यस जीवनका कुराहरूको न्याय त झन् सरल हुनुपर्ने।
4
यस्ता झगडा हुँदा के तिमीहरू मण्डलीले तुच्छ ठानेकाहरूकहाँ गएर झगडा छिनिमाग्छौ?
5
तिमीहरूलाई यो लाज लाग्नुपर्ने कुरो हो। तिमीहरूकहाँ भाइ-भाइको बीचमा झगडा छिन्न सक्ने एउटै ख्रीष्टिय दाजु पनि छैन र?
6
एउटा ख्रीष्टिय भाइले अर्को भाइसँग झगडा गर्छ र उल्टो परमेश्वरलाई विश्वासै नगर्नेकहाँ आफ्नो झगडा मिलाउन लैजाने?
7
तिमीहरूको झगडाले तिमीहरू असफल भएको कुरा बुझाउँछ। बरु अन्यायमै पर्नु राम्रो हो। बरु अरूले तिमीहरूलाई लुटेको राम्रो हो।
8
तर तिमीहरूले दाजुभाइमै एक-अर्कालाई अन्याय गर्छौ, एक-अर्कालाई लुट्छौ।
9
अन्याय गर्नेले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन भन्ने के तिमीहरूलाई थाहा छैन? आफैंलाई धोखा नदेओ। छाडा काम गर्ने, मूर्ति पुज्ने, व्यभिचार गर्ने, पुरुषगामी,
10
चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन।
11
तिमीहरू कति जना एक समय यस्तै थियौ। तर तिमीहरू पापबाट चोखियौ। परमेश्वरले तिमीहरूलाई पवित्र पार्नुभयो। प्रभु येशू ख्रीष्ट र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि अब ठीक भएका छौ।
12
कसैले भन्ला, “मैले जे गरे पनि हुन्छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्न सक्थें, “मैले जे गर्दा पनि हुन्छ।” तर म कुनै कुराको कमारो बन्न चाहन्नँ।
13
“खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ।
14
परमेश्वरले प्रभुलाई मरेकाबाट बिउँताउनुभयो अनि उहाँकै शक्तिले हामीलाई पनि बिउँताउनुहुनेछ।
15
तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्यसो भए के म ख्रीष्टको अङ्गलाई लगेर वेश्याको अङ्ग बनाऊँ? यो हुनै नसक्ने कुरो हो।
16
वेश्याकहाँ जाने वेश्यासँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले सफासँग भन्छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,”
17
तर ख्रीष्टसँग मिल्नेचाहिँ उहाँसँग आत्मामा एउटै हुनेछ।
18
व्यभिचारलाई त्याग। अरू पाप मानिसले आफ्नो शरीरदेखि बाहिर गर्दछ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्ध पाप गर्दछ।
19
के तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्वरले दिनुभएको पवित्र आत्मा नै तिमीहरूको शरीरभित्र बस्नुहुन्छ। त्यसो हुँदा तिमीहरू आफैं पनि आफ्ना होइनौ।
20
तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16