bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 16
1 Corinthians 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
1
यहूदियामा बस्ने ख्रीष्टका पवित्र जनहरूका लागि पैसा जम्मा गर्ने बारेमा मैले गलातीको ख्रीष्टिय मण्डलीलाई भनेझैँ नै गर।
2
प्रत्येक हप्ताको पहिलो दिन सबैले आफ्नो आम्दानीबाट केही न केही छुट्याएर जम्मा गर। त्यसो हुँदा म आएको बेला पैसा उठाइरहनुपर्दैन।
3
म आएपछि मेरो पत्रसँग तिमीहरूले रोजेका मानिसहरूलाई नै त्यो पैसा यरूशलेममा पुर्याउन पठाउनेछु।
4
म आफैं जानुपर्छ भने पनि तिनीहरूलाई लिएर जानेछु।
5
म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्छु।
6
फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्छु होला, सायद हिउँदभरि नै बस्छु होला। त्यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्छौ
7
किनभने निक्लेर थोरै समय भेट्ने होइन, तर प्रभुको इच्छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्ने आशा राखेको छु।
8
पेन्तिकोसको दिनसम्म म एफिससमा हुनेछु।
9
विरोधीहरू धेरै भए पनि त्यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ।
10
तिमीहरूकहाँ तिमोथी आए भने उनलाई कुनै किसिमको अप्ठ्यारो हुन नदिनू किनभने मैलेझैँ उनी पनि प्रभुका लागि काम गर्दछन्।
11
कसैले पनि उनलाई हेला नगरोस्। मकहाँ आउँदा उनलाई राम्ररी सहायता गर किनभने विश्वासी भाइहरू र म उनको बाटो हेरिरहेको छु।
12
अपोल्लोस भाइलाई ख्रीष्टिय दाजुभाइहरूलाई सँगै लिएर तिमीहरूकहाँ निक्लिदेओ भनेर धेरै बिन्ती गरेको थिएँ। तर उनी अहिलेचाहिँ त्यहाँ आउन सकेनन्। पछि मौका मिले उनी आउनेछन्।
13
होशियार भएर विश्वासमा दिगो बस। साहसिलो र बलियो होओ।
14
सबै काम प्रेमसँग गर।
15
तिमीहरू स्तिफनस र उनको परिवारलाई चिन्छौ। उनीहरू अखैयामा भएका सबैभन्दा पहिला विश्वासीहरू हुन्। उनीहरूले ख्रीष्टका पवित्र जनहरूका लागि आफ्ना जीवन नै दिएका छन्। भाइहरू, म तिमीहरूलाई बिन्ती गर्छु,
16
यस्ता मानिसहरूले भनेको मान। यस्तै सेवा गर्ने र साथ दिनेहरू अरूले पनि भनेको मान।
17
स्तिफनास, फोर्टुनाटस र अखाइकस आउँदा म धेरै खुसी भएँ किनभने उनीहरूले तिमीहरू नहुँदाको कमी पूरा गरेका छन्। तिमीहरू नहुँदाको न्यास्रोपन हराएको छ।
18
उनीहरूले तिमीहरूलाई जस्तै मलाई पनि आनन्द दिएका छन्। तिमीहरूले यस्ता मानिसहरूको इज्जत गर्नुपर्छ।
19
एशियाका मण्डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्काले र उनीहरूका घरमा जम्मा हुने मण्डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्।
20
तिमीहरूलाई सबै ख्रीष्टिय दाजुभाइहरूले अभिवादन पठाएका छन्। तिमीहरूले पनि एक-अर्कालाई प्रेमसाथ अभिवादन गर।
21
मेरो आफ्नो अभिवादनचाहिँ आफ्नै हातले लेख्दै छु।
22
प्रभुलाई कसैले माया गर्दैन भने उसलाई धिक्कार होस्। हे प्रभु, आउनुहोस्।
23
प्रभु येशूको अनुग्रह तिमीहरूसँग होस्।
24
ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16