bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 13
1 Corinthians 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
1
म मानिसका किसिम-किसिमका भाषा र स्वर्गदूतको भाषा बोल्छु; तर मभित्र प्रेम छैन भने मैले बोलेको कुरो घण्टा र झ्याली बजाएझैँ थोत्रो हुनेछ।
2
मसँग परमेश्वरको तर्फबाट अगमवाणी बोल्ने वरदान छ, बुझ्न नसकिने भेदहरू पनि बुझ्दछु, सबै किसिमका ज्ञान पनि पाएको छु अनि डाँडा हटाउने पूरा विश्वास पनि मसँग छ, तर मभित्र प्रेम छैन भने म केही पनि होइनँ।
3
म आफ्ना सबै धन-सम्पत्ति बाँड्छु र आफ्नो शरीरै पनि डढाउन दिन्छु; तर मभित्र प्रेम छैन भने मलाई केही पनि फाइदा छैन।
4
प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन।
5
प्रेम खराब चालमा चल्दैन, आफ्नो उन्नति खोज्दैन, झर्कंदैन, नराम्रा कुराको ख्यालै गर्दैन।
6
प्रेम अन्यायमा खुसी हुँदैन, तर सत्यमा रमाउँछ।
7
प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ।
8
प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्द हुनेछन् अनि ज्ञानको वचन पनि अन्त हुनेछ।
9
हाम्रो ज्ञान अपूरो छ, परमेश्वरको तर्फबाट बोल्ने हाम्रो वरदान अपूरो छ।
10
तर जब पूराचाहिँ आउँछ, अपूरो हराएर जान्छ।
11
म बालक हुँदा बालकले जस्तै बोल्थें, बालकले जस्तै बुझ्थें र बालकले जस्तै सोच्थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्ता राख्तिनँ।
12
अहिले हामी धमिलो ऐनामा देखेजस्तै मात्र देख्तछौं, छर्लङ्गै देख्तैनौं, तर त्यस बेलाचाहिँ आमने-सामने नै देख्नेछौं। अहिले म पूरा जान्दिनँ, तर त्यस बेलाचाहिँ परमेश्वरले मेरो बारेमा सबै कुरा पूरै जान्नुभएझैँ म पनि जान्नेछु।
13
तर यी तीन कुराचाहिँ सधैँ रहनेछन्— विश्वास, आशा र प्रेम। तिनीहरूमा सबैभन्दा ठूलो प्रेम नै हो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16