bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 14
1 Corinthians 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
1
त्यसो हुँदा तिमीहरूको तिर्सनाचाहिँ प्रेम नै होस्। तैपनि आत्माका वरदान पाउने ठूलो इच्छा राख। त्यसमा पनि अगमवाणी बोल्ने वरदानका लागि बल गर
2
किनभने नबुझ्ने अन्य भाषा बोल्नेले मानिससँग बोल्दैन, तर परमेश्वरसँग बोल्छ। उसले भनेको कसैले बुझ्दैन। उसले पवित्र आत्माको शक्तिले गुप्त कुराहरू बोल्छ।
3
तर अगमवाणी बोल्नेले चाहिँ मानिससँग बुझ्ने भाषामा बोल्छ अनि यसले मानिसलाई सहायता, उत्साह र शान्ति दिन्छ।
4
अन्य भाषा बोल्नेले आफैंलाई मात्र सुर्धाछ। तर अगमवाणी बोल्नेले चाहिँ सम्पूर्ण मण्डलीलाई सुधार्छ।
5
म तिमीहरू सबैले अन्य भाषाहरू बोलेको चाहन्छु, तर अझ बढी तिमीहरूले अगमवाणी बोलेको म चाहन्छु। बुझ्न नसकिने अन्य भाषामा बोल्नुभन्दा अगमवाणी बोल्नु ठूलो हो। यदि अन्य भाषा बोल्दा बुझ्ने भाषामा अर्थ खोलिदिने मान्छे पनि छ भने यसले मण्डलीको भलाइ गर्छ।
6
यसकारण भाइहरू, म तिमीहरू कहाँ नबुझ्ने अन्य भाषा बोल्दैआएँ तर परमेश्वरबाटको केही कुराको प्रकाश, ज्ञानका वचन, अगमवाणी बोलिनँ भने वा शिक्षा मैले दिइनँ भने तिमीहरूलाई के फाइदा भयो र?
7
मुरली र वीणाजस्ता बाजा बजाउँदा सोर छुट्टिएन भने कसरी तिनीहरूको धुन चिन्ने?
8
बिगुलले तयारीको आवाज दिएको बुझेन भने कोचाहिँ लडाइँको निम्ति तयार हुन्छ?
9
त्यसै गरी तिमीले बोलेको भाषा बुझेन भने के भनेको, कसरी जान्ने? तिमीले बोलेको हावा बराबर हुनेछ।
10
संसारमा धेरै बोलीहरू छन्, तर कुनै बोली पनि अर्थ नलाग्ने छैनन्।
11
तर यदि कसैले चलाएको भाषा मैले बुझिनँ भने म त उसको लागि विदेशीजस्तै हुनेछु। त्यसै गरी ऊ मेरो लागि विदेशीजस्तै हुनेछ।
12
तिमीहरू आत्माका वरदानहरूको ठूलो चाहना गर्छौ। ती वरदानहरू बेसी चलाऊ, जसले मण्डलीको उन्नति हुन्छ।
13
त्यसकारण अन्य भाषा बोल्नेले बुझ्ने भाषामा अर्थ खोल्ने वरदानका लागि प्रार्थना गरोस्।
14
यदि म अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो मनले यसमा भाग लिंदैन।
15
त्यसो भए के गर्ने? म आत्मामा प्रार्थना गर्छु र म मनमा पनि प्रार्थना गर्छु। म आत्मामा गाउँछु र म मनमा पनि गाउँछु
16
किनभने तिमीहरू आत्माले धन्यवाद चढाउँछौ तर अरू मानिसहरूले बुझ्दैनन्। त्यस बेला कसरी अरू मानिसले ‘आमेन’ भन्ने?
17
तिम्रो धन्यवादको प्रार्थना असाध्यै राम्रो भए तापनि यसले अरू मानिसलाई फाइदा दिंदैन।
18
परमेश्वरलाई धन्यवाद होस्, म अन्य भाषामा तिमीहरूभन्दा धेरै बोल्दछु।
19
तर मण्डलीको सभामा अन्यभाषामा हजारौं शब्द बोल्नुभन्दा म पाँचै शब्द भए पनि शिक्षा दिन बुझ्ने भाषामा बोल्न चाहन्छु।
20
भाइहरू, सोचविचारमा बालकजस्ता नहोओ। नराम्रा कुराहरूमा बालकझैँ अनजान बन, तर सोच विचारमा पाको मानिसझैँ होओ।
21
धर्मशास्त्रमा लेखिएको छ; प्रभु भन्नुहुन्छ, “अरू जातिका मानिसको भाषामा मानिससँग म बोल्नेछु। अन्यभाषा बोल्ने अरू जातिका मुखबाट म बोल्नेछु। तैपनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्।”
22
नबुझ्ने अन्य भाषामा बोल्नुचाहिँ विश्वास गर्नेको लागि होइन, विश्वास नगर्नेको लागि चिन्ह हो। तर अगमवाणी बोल्नुचाहिँ विश्वास नगर्नेको लागि होइन, विश्वास गर्नेको लागि हो।
23
मण्डलीमा सबै भेला हुँदा सबैले अन्यभाषा बोलिरहेका हुन्छन्। त्यति बेला ख्रीष्टमा विश्वास नभएको र नजान्ने मानिस आए भने के भन्छ? तिमीहरूलाई बहुला भन्दैन?
24
तर सबैले अगमवाणी बोल्छन् र विश्वास नगर्ने र नजान्ने मानिस आयो भने यसरी सबैले आफ्नो भाषामा बोलेको कुराबाट उसले आफ्नो पाप चिन्नेछ र आफैंलाई राम्ररी जाँच्नेछ।
25
उसको भित्रका कुराहरूको पनि जाँच हुनेछ अनि उसले “तिमीहरूका बीचमा परमेश्वर हुनुहुँदो रहेछ,” भनेर शिर निहुराएर उहाँकै भक्ति गर्नेछ।
26
मेरा भाइहरू, मैले भन्न चाहेको यही हो, जब तिमीहरू सभामा जम्मा हुन्छौ, तब एउटासँग गीत हुन्छ, अर्कोसँग शिक्षाको वचन, अर्कोसँग परमेश्वरबाट प्रकाशको कुरा, अर्कोसँग अन्य भाषामा सन्देश र अर्कोसँग त्यसलाई अर्थ खोल्ने वरदान हुन्छ, यी सबै कुराले मण्डली वृद्दि हुनुपर्छ।
27
अन्य भाषा बोल्नेहरू दुई-तीन जनाले पालैपालो बोलून् र एक जनाले चाहिँ बोलिएको कुराको अर्थ बुझ्ने भाषामा खोलोस्।
28
अर्थ खोल्न जान्ने कोही पनि छैन भने अन्य भाषा बोल्नेले मण्डलीमा चुप लागेर बसोस् र ऊ आफैंले र आफूसँग परमेश्वरसँग बोलोस्।
29
अगमवक्ताहरू पनि दुई-तीन जनाले मात्र बोलून् अनि अरूहरूले चाहिँ बोलिएको कुरा ठीक हो कि होइन भनेर जाँचून्।
30
कोही बोलिरहेको बेला अरू कसैलाई परमेश्वरले कुनै कुराको प्रकाश दिएर बोल्न लाउनुभयो भने पहिले बोल्दैगरेको मानिस चुप लागोस्।
31
तिमीहरू सबैले पालैपालो अगमवाणी बोल्न सक्छौ र सुन्नेहरूले सिक्नेछन् र हौसला पाउनेछन्।
32
परमेश्वरको तर्फबाट बोल्नेले आफ्नो वरदानलाई वशमा राख्नुपर्छ
33
किनभने परमेश्वर गोल-मालको होइन, शान्तिको परमेश्वर हुनुहुन्छ। परमेश्वरका मानिसहरूका सबै मण्डलीमा झैँ
34
स्त्रीहरू मण्डलीको सभामा चुप लागेर बसून्। तिनीहरूले कुराकानी गर्नुहुँदैन। व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमै बसून्।
35
यदि तिनीहरूले केही सिक्न चाहे भने घरमा आफ्ना लोग्नेलाई नै सोधून् किनभने मण्डलीको सभा हुँदा स्त्रीले कुराकानी गर्नु लाजको कुरो हो।
36
के तिमीहरूबाटै परमेश्वरको शिक्षा सुरु भएको हो? के तिमीहरूमात्रै परमेश्वरको शिक्षा पाउने हौ?
37
कसैले आफूलाई परमेश्वरका दूत ठान्छ र उसँग आत्माको वरदान छ भने मैले लेखेका कुरा प्रभुकै आज्ञा हो भन्ने थाहा होस्।
38
तर उसले यस कुरालाई सुन्दैन भने उसको पनि कुरै नसुन्नू।
39
प्यारा भाइहरू, अगमवाणी बोल्नमा नै पूरा मन लगाओ, अन्य भाषामा बोल्नेलाई नरोक।
40
तर सबै कुरा ठीकसँग गोल-माल नगरी होस्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16