bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 4
1 Corinthians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
1
हामीलाई तिमीहरूले ख्रीष्टका दास अनि परमेश्वरको रहस्य खोल्ने सेवक सम्झिनुपर्छ।
2
सेवकचाहिँ मालिकको विश्वासी हुनैपर्छ।
3
मलाई तिमीहरूले वा अरू अदालतले दोषी ठहराए पनि त्यसको चिन्ता छैन न ता म आफ्नै न्याय-निसाफ गर्छु।
4
आफ्नो दोष मलाई थाहा छैन, तर यसले म साँच्चै निर्दोषी छु भनेर देखाउँदैन। मलाई जाँच्ने त प्रभु नै हुनुहुन्छ।
5
यसैकारण तिमीहरूले ठीक समयभन्दा अघि नै कसैलाई दोष नलाऊ। आखिरी न्याय प्रभु आउनुभएपछि नै हुनेछ। प्रभुले नै अन्धकारमा लुकेका सबै कुरा उज्यालोमा ल्याउनुहुनेछ र मान्छेका मनका कुराहरू देखाइदिनुहुनेछ। त्यस बेला सबै मानिसले पाउनुपर्ने स्याबासी परमेश्वरबाट पाउनेछ।
6
भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्लोस र आफ्नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन।
7
कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्वरले नै दिनुभएको होइन र? त्यसो भए किन तिमी कसैले दिएकै होइनजस्तै गरी घमण्ड गर्छौ?
8
चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्चै तिमीहरू राजा नै भएको राम्रो हुन्थ्यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्नेथियौं
9
किनभने मलाई यस्तो लाग्छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्वरले सबैभन्दा तल्लो ठाउँमा राख्नुभएको छ। परमेश्वरले नै हामीलाई संसार, स्वर्गदूत र मानिसका अघि ज्यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो।
10
ख्रीष्टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्छ, तिमीहरूको मान-मनितो।
11
अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन
12
अनि खान-लाउन हामीले आफ्नै हातले मेहनत गर्छौं। अरूले सराप्दा हामी आशीर्वाद दिन्छौं। सताउँदा सहन्छौं।
13
हाम्रो बेइज्जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्ने कसिङ्गरजस्तै छौं।
14
तिमीहरूलाई लाजमा पार्न होइन, आफ्नै प्यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्लाह दिन यो लेख्दछु
15
किनभने ख्रीष्टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु।
16
त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु।
17
यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्।
18
तिमीहरूमा कोहीकोहीचाहिँ म त्यहाँ आउँदिनँ भन्ने सम्झी ठूलो भएर हिंड्छौ।
19
परमेश्वरको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ठूलो भएर हिंड्नेहरूका कुरा होइन, तिनीहरूको शक्ति हेर्नेछु।
20
परमेश्वरको राज्य बोलीमा होइन, शक्तिमा छ।
21
तिमीहरू के चाहन्छौ? म छडी लिएर आऊँ कि नम्र आत्मा र प्रेम लिएर आऊँ?
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16