bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 3
1 Corinthians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
1
यसकारण भाइहरू, आत्मा हुनेहरूसँग जस्तै म तिमीहरूसँग बोल्न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्वभावअनुसार चल्ने मानिसहरूसँग जस्तै गरी बोलें। ख्रीष्टमा साना बालकहरूजस्तै मैले तिमीहरूसँग बोल्नुपर्यो।
2
यसैकारण मैले तिमीहरूलाई खँदिलो खाना होइन, दूधै खुवाउनुपर्यो किनभने खँदिलो खाना तिमीहरूले अघि पनि खान सकेनौ र अझै पनि सकेका छैनौ।
3
अझै तिमीहरूले शारीरिक स्वभावअनुसार जीवन बिताउँछौ अनि तिमीहरूका बीचमा डाहा र झैझगडा छँदै छ। के त्यसो भए तिमीहरू शारीरिक स्वभावअनुसार चल्ने संसारका अरू मानिसजस्तै भएनौ र?
4
कसैले म पावलको हुँ भन्नु र कसैले म अपोल्लोसको हुँ भन्नु सांसारिक मानिसहरूले भनेजस्तै भएन र?
5
अपोल्लोस को हुन्? र पावल को हो? हामी दुवै तिमीहरूलाई विश्वासमा ल्याउने परमेश्वरका खेताला हौं। प्रभुले नै खटाउनुभएको काम हामी गर्छौं।
6
मैले बिरुवा लगाएँ, अपोल्लोसले पानी हाले, तर बढाउने काम त परमेश्वरले नै गर्नुभयो।
7
बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो।
8
रोप्ने र पानी हाल्नेमा केही फरक छैन। परमेश्वरले सबैलाई आ-आफ्नो मेहनतअनुसार इनाम दिनुहुनेछ।
9
हामीचाहिँ सबै काम गर्ने परमेश्वरका खेताला हौं अनि परमेश्वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्वरले बनाउनुहुने घर हौ।
10
परमेश्वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्नुपर्छ
11
किनभने परमेश्वरले हाल्नुभएको एउटै जग येशू ख्रीष्ट नै हुनुहुन्छ। कसैले अरू कुनै जग हाल्न सक्तैन।
12
यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्।
13
सबै मानिसको राम्रो-नराम्रो काम परमेश्वरले न्याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्यस दिन तिनीहरूले गरेको काम कस्तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ।
14
त्यस जगमा बनाउने मानिसको काम आगोमा हाल्दा खरानी भएन भने उसले इनाम पाउनेछ।
15
यदि कोही मानिसको काम जल्यो भने उसले त्यो गुमाउनेछ तर आगोबाट उम्केझैँ ऊ आफैं त बचाइनेछ।
16
तिमीहरू परमेश्वरका मन्दिर हौ अनि परमेश्वरका आत्मा नै तिमीहरूभित्र बस्नुहुन्छ। के यो कुरा तिमीहरूलाई थाहा छैन?
17
यदि कसैले परमेश्वरको मन्दिर बिगार्छ भने परमेश्वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्वरको मन्दिर पवित्र छ अनि त्यो मन्दिरचाहिँ तिमीहरू नै हौ।
18
कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्ने ज्ञानी छु भन्ने सोच्दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस्
19
किनभने संसारको ज्ञान परमेश्वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्छ।”
20
फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “ज्ञानीहरूको विचार काम लाग्नेछैन भनी प्रभुलाई थाहा छ।”
21
त्यसो हुँदा कसैले मानिसले गर्न सक्ने काममा घमण्ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्,
22
पावल, अपोल्लोस र पत्रुस, संसार, जीवन र मृत्यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन्
23
र तिमीहरूचाहिँ ख्रीष्टका अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16