bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 8
1 Corinthians 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
1
अब म मूर्तिलाई चढाएको खानेकुराको बारेमा भन्दछु। साँचो कुरा हो, ‘हामी सबैले ज्ञान पाएका छौं’। तर ज्ञानको घमण्डले मानिसलाई फुलाउँछ र प्रेमले चाहिँ उन्नति गराउँछ।
2
यदि कसैले आफैंलाई म साँच्चै जान्दछु भन्छ भने उसले जान्नुपर्ने कुरा केही जानेको हुँदैन।
3
तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने उसलाई परमेश्वरले आफ्नो बनाउनुहुन्छ।
4
मूर्तिलाई चढाएको चीज खानुहुन्छ कि हुँदैन भन्ने बारेमा हामीलाई थाहा छ, संसारमा मूर्ति केही पनि होइन, एउटै मात्र परमेश्वरबाहेक अरू छैन।
5
स्वर्ग र पृथ्वीमा धेरै ईश्वर भनाउँदा हुन्छन्। ईश्वर र प्रभु धेरै भए पनि
6
हाम्रा लागि चाहिँ एउटै पिता परमेश्वर हुनुहुन्छ। उहाँले नै सबैको सृष्टि गर्नुभयो। उहाँकै लागि हामी जिउँछौं। हाम्रा एउटै प्रभु; येशू ख्रीष्ट हुनुहुन्छ। उहाँद्वारा नै सबै सृष्टि भयो र उहाँद्वारै हामी जिउँछौं।
7
तर सबै विश्वासीहरूलाई यो थाहा छैन। तिनीहरूलाई मूर्तिको गहिरो आदत भएकोले अझै पनि त्यस्तो खानेकुरो खाँदा मूर्तिकै खानेकुरो खाँदै छु भन्ठान्छन्। तिनीहरूको राम्रो-नराम्रो छुट्याउने शक्ति कमजोर भएकोले त्यो खानेकुराले ‘म अशुद्ध भएँ’ भनी ठान्छन्।
8
खानेकुराले त हामीलाई परमेश्वरकहाँ पुर्याउँदैन। नखाँदा पनि हामीलाई केही हानि छैन, खाँदा पनि केही मिल्ने होइन।
9
तर होश राख, तिम्रो स्वतन्त्र कामले विश्वासमा कमजोर हुनेहरूलाई पापमा नलडाओस्।
10
यदि कमजोर विश्वासीहरूले तिमीहरू जान्ने-बुझ्नेलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने ऊ मूर्तिलाई चढाएको प्रसाद खान सुरिंदैन र?
11
मन कमजोर हुने त्यो विश्वासी भाइ तिम्रो आफ्नो ज्ञानको कारणले लड्छ। तर उसको लागि पनि प्रभुले प्राण दिनुभएको हो।
12
यसरी तिमीहरूले आफ्नो भाइको कमजोर मनमा चोट पुर्याएर ख्रीष्टको विरूद्धमा नै पाप गर्छौ।
13
यदि खानेकुराले मेरो विश्वासी भाइलाई नाश गराउँछ भने म कहिले मासु नै खानेछैनँ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16