bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Corinthians 15
1 Corinthians 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
1
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारको बारेमा फेरि बताउन चाहन्छु। सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र त्यहीमाथि तिमीहरू अडिएका छौ।
2
यसद्वारा तिमीहरू बचाइएका पनि छौ। यदि तिमीहरूले मैले प्रचार गरेको यो सुसमाचारमा दिगो रह्यौ भने यसले तिमीहरूलाई बचाइरहनेछ, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुन्छौ।
3
मैले पाएको यो मुख्य कुरो नै तिमीहरूलाई दिएको हुँ। त्यो हो, धर्मशास्त्रले भनेझैँ ख्रीष्ट हाम्रा पापको लागि मर्नुभयो।
4
उहाँ गाडिनुभयो, धर्मशास्त्रले भनेझैँ तेस्रो दिनमा फेरि बिउँतनुभयो।
5
उहाँ पत्रुसकहाँ र त्यसपछि बाह्रै चेलाकहाँ देखा पर्नुभयो।
6
फेरि उहाँलाई विश्वास गर्ने पाँच सय दाजुभाइहरूकहाँ एकै चोटि देखा पर्नुभयो। उहाँलाई देख्नेहरूमा कति मरेर गए पनि धेरैजसो अझै छन्।
7
त्यसपछि येशू याकूबकहाँ देखा पर्नुभयो। त्यसपछि सबै प्रेरितकहाँ देखा पर्नुभयो।
8
सबैभन्दा पछि मलाई प्रभुले दर्शन दिनुभयो। यद्यपि म असाधारण प्रकारले जन्मेको बालकजस्तो छु।
9
प्रेरितहरूमा सबैभन्दा सानोचाहिँ म नै हुँ। हुन त म प्रेरित मानिने योग्यको पनि छैनँ किनभने मैले परमेश्वरको मण्डलीलाई अत्याचार गरें।
10
तैपनि म जो छु, ख्रीष्टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्वरको अनुग्रह पाएर नै यो गरें।
11
यसैकारण चाहे मैले होस्, चाहे उनीहरूले होस्, यही नै हामीले प्रचार गर्यौं अनि तिमीहरूले विश्वास गरेको पनि यही नै हो।
12
हामी एकातिर ख्रीष्ट मरेकोबाट बिउँतनुभयो भनेर प्रचार गर्छौं, अर्कोतिरचाहिँ मरेकाहरू बिउँतदैनन् भनी तिमीहरूका माझमा कति जना हिंड्छन्। यो कसरी हुन सक्छ?
13
मरेकाहरू नबिउँतने भए ख्रीष्ट पनि बिउँतनुभएन।
14
ख्रीष्ट नबिउँतनुभएको भए हामीले गरेको प्रचार र तिमीहरूको विश्वास पनि व्यर्थ हो।
15
योभन्दा बढी हामी परमेश्वरको बारेमा झूटो बोल्ने ठहरिन्छौं किनभने परमेश्वरले ख्रीष्टलाई बिउँताउनुभयो भनेर हामीले नै साक्षी दिएका छौं। तर मरेकाहरू नबिउँतने भए परमेश्वरले उहाँलाई बिउँताउनुहुने थिएन।
16
मरेकाहरू बिउँतदैनन् भने परमेश्वरले ख्रीष्टलाई पनि बिउँताउनुभएन।
17
ख्रीष्ट बिउँताइनुभएको होइन भने तिमीहरूको विश्वास पनि झूटो हो र तिमीहरू अझै आफ्नै पापमा छौ।
18
त्यसो हो भने ख्रीष्टमा विश्वास गरेर मर्नेहरू पनि सबै नष्ट भए।
19
ख्रीष्टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्दाहरू हौं।
20
तर ख्रीष्ट त मरेर बिउँतनुभएकै हो। उहाँ मरेकाहरूमध्ये बिउँतने पहिलो हुनुभएकोले अरू मरेकाहरू पनि बिउँताइन्छन् भन्ने उहाँ नै प्रमाण हुनुहुन्छ
21
किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्यो। त्यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्।
22
जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्।
23
तर सबै आ-आफ्नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्ट बिउँतनुभयो अनि ख्रीष्ट फेरि आउनुहुँदा उहाँका विश्वासीहरू बिउँतनेछन्।
24
त्यसपछि अन्त हुनेछ। त्यस बेला सबै अरू शासन, अधिकार र शक्तिलाई खारिज गरेर उहाँले आफ्नो पूरा राज्य परमेश्वर पितालाई सुम्पिनुहुनेछ।
25
परमेश्वरले सबै शत्रुहरूलाई हराएर तिनीहरूलाई उहाँका खुट्टामुनि नपारुञ्जेल ख्रीष्टले राज गर्नुहुनेछ।
26
सबैभन्दा पछि हराउनुपर्ने शत्रुचाहिँ मृत्यु नै हो
27
किनभने धर्मशास्त्रले भन्छ, “परमेश्वरले सब थोकलाई उहाँको खुट्टामुनि पार्नुहुनेछ।” यो भनेको परमेश्वर पनि अधीनमा पर्नुहुनेछ भनेको त होइन, तर परमेश्वरले नै सबै कुरा ख्रीष्टको अधीनमा पारिदिनुहुनेछ भनेको हो।
28
सबै कुरा ख्रीष्टको अधीनमा परेपछि परमेश्वरका पुत्र ख्रीष्ट आफैंचाहिँ उहाँकै खुट्टामुनि सबै कुरा राख्नुहुने परमेश्वरको अधीनमा रहनुहुनेछ अनि परमेश्वरले नै सबैमाथि राज्य गर्नुहुनेछ।
29
फेरि नबिउँतने भए मर्नेको लागि बप्तिस्मा लिने मानिसहरूलाई के फाइदा भयो? यदि मरेकाहरू बिउँतदैनन् भने किन तिनीहरूलाई त्यसको लागि बप्तिस्मा दिइयो?
30
म पनि किन घरीघरी खतरामा पर्नु?
31
भाइहरू, तिमीहरू र प्रभु येशू ख्रीष्टमा भएको मेरो घमण्डले म यो भन्न सक्छु ‘म प्रतिदिन मर्दछु’।
32
मान्छेकै भनाइमा ‘मैले एफिससका जङ्गली जनावरसँग लडाइँ गरें भन्दा मलाई के फाइदा भयो? मरेको मानिस बिउँतदैन भने मानिसले भनेझैँ ‘खाऔं, पिऔं, मज्जा गरौं भोलि त मरिहालिन्छ।’
33
धोखामा नबस। खराब संगतले असल मानिस पनि बिग्रन्छ।
34
होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्छु तिमीहरूमध्ये कतिले परमेश्वरलाई चिनेका छैनौ।
35
कसैले भन्ला, “कसरी मरेको फेरि बिउँतन्छ अनि बिउँतदा कस्तो शरीर हुन्छ?”
36
कस्तो अबुझ! तिमीहरूले बीउ छर्दा नमरीकन उम्रँदैन।
37
तिमीहरूले गहुँ वा अरू कुनै अन्न छर्दा बीउ मात्रै छर्छौ, बढेको बोट नै त छर्दैनौ।
38
परमेश्वरले आफ्नो इच्छाअनुसार त्यस बीउलाई रूप दिनुहुन्छ। उहाँले प्रत्येक बीउलाई सुहाउने जिउ दिनुहुन्छ।
39
सबै प्राणीको शरीर एकै किसिमको शरीर हुँदैन। मानिसको शरीर एक किसिमको छ भने पशुको अर्कै किसिमको अनि चरा-चुरुङ्गीको एक किसिमको छ त माछाको अर्कै किसिमको।
40
आकाशमा हुने घाम, जून र ताराहरूको आफ्नै रूप छ, र पृथ्वीमा हुने प्राणीहरूको पनि आफ्नै रूप छ।
41
सूर्यको एक किसिमको तेज छ, चन्द्रमाको अर्कै किसिमको तेज, तारा अझ अर्कै किसिमको। ती ताराहरूमा बेग्ला-बेग्लै किसिमको तेज छ।
42
मरेकाहरू बिउँतदा पनि यस्तै हुन्छ। गाडिंदा शरीर मर्ने भएर गाडिन्छ; तर बिउँतदा अमर बनेर उठ्नेछ।
43
गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ।
44
गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्छ, फेरि बिउँतदा आत्मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्छ, यसरी नै आत्मिक शरीर पनि हुन्छ।
45
त्यसैले धर्मशास्त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्ट) चाहिँ जीवन दिने आत्मा नै हुनुहुन्छ।
46
तैपनि आत्मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्यसपछि आत्मिक शरीर आउनुभयो।
47
पहिले आदम पृथ्वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्वर्गबाट आउनुभयो।
48
पृथ्वीका मानिसहरू माटोले बनाएको जस्तै हुन्, स्वर्गका मानिसहरूचाहिँ स्वर्गबाट आउनुभएका मानिसजस्तै हुन्छन्।
49
हामीले अहिले माटाले बनेको शरीर लिएका छौं। त्यसरी नै पछि हामी स्वर्गको मानिसको रूपमा नयाँ शरीर लिनेछौं।
50
भाइहरू, मैले भन्न खोजेको चाहिँ यो रगत र मासुले परमेश्वरको राज्यमा पस्ने हक पाउन सक्दैन। नाश हुनेले नाश नहुने हक पाउन सक्दैन।
51
सुन, म एउटा रहस्यको कुरो भन्छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं।
52
त्यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं।
53
मर्ने अमर बन्नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ।
54
नाश हुने नाश नहुने हुँदा मर्ने नमर्ने भएर फेरिंदा धर्मशास्त्रले भनेको कुरा पूरा हुन्छ, “मृत्यु नै मारियो, जित पूरा भयो,”
55
“खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?”
56
मृत्युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो।
57
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ।
58
त्यसैकारण प्यारा भाइहरू, प्रभुका कामको लागि बगाएको पसीना खेर जाँदैन। अनि यो कुरालाई मनमा लिएर दह्रो भई नडगी प्रभुको काममा सधैँ लागि रहो।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16