bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 1
Ecclesiastes 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
1
दाऊदका छोरा, यरूशलेमका राजा, उपदेशकका वचन:
2
उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।”
3
मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?
4
पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्, तर पृथ्वीचाहिँ सदासर्वदै रहिरहन्छ।
5
सूर्य उदाउँछ र अस्ताउँछ। त्यो आफू उदाएको ठाउँमा चाँड़ो जान्छ।
6
बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ।
7
सबै खोलाहरू समुद्रमा नै बगेर जान्छन्, तापनि समुद्र कहिल्यै भरिँदैन। जुन स्थानबाट खोलाहरू आउँछन्, ती फेरि त्यहीँ नै फर्केर जान्छन्।
8
सबै कुराहरू विरक्त छन्, यतिसम्म कि कसैले पनि त्यसको वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन, न त सुनेर कान तृप्त हुन्छ।
9
जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन।
10
के कुनै कुरो छ, जसको बारेमा कसैले भन्न सक्छ, “हेर त, यो त नयाँ कुरो हो”? त्यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्दा उहिले नै।
11
प्राचीन कालका मानिसहरूको केही सम्झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्दा पछि आउनेहरूले उनीहरूको सम्झना गर्नेछैनन्।
12
म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।
13
आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ!
14
सूर्यमुनि गरिएका सबै काम मैले देखेको छु। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र।
15
जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन।
16
मैले आफ्नो मनमा विचार गरें, “हेर त, मभन्दा अघि यरूशलेममा राज्य गर्ने कुनै व्यक्तिभन्दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”
17
तब बुद्धि बुझ्न र पागलपन र मूर्खता जान्नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भन्ने मैले थाहा पाएँ।
18
किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12