bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 9
Ecclesiastes 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
1
यी सबै कुरामा मैले विचार गरें र यही निष्कर्षमा पुगें कि धर्मात्मा र बुद्धिमान्हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्वरकै हातमा हुँदारहेछन्। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्दैन।
2
किनभने धर्मात्मा र दुष्ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्य अन्त्यका साझेदार हुन्छन्। असल मानिसलाई झैँ पापीलाई पनि हुन्छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्छ।
3
सूर्यमुनि हुने प्रत्येक काममा दुष्टता छ। सबैलाई एकै अन्त्य आइपर्छ। मानिसहरूका हृदय दुष्टताले भरिएका हुन्छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्छन्, अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्नजान्छन्।
4
बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्छ। जिउँदो कुकुरको स्थिति मरेको सिंहको भन्दा असल हो।
5
किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ।
6
तिनीहरूका प्रेम, घृणा, ईर्ष्या सबै लोप भएका हुन्छन्। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्यै भाग हुँदैन।
7
आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ, खुशी मनले आफ्नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ।
8
सधैँ सेतो वस्त्र पहिराऊ, र कपालमा तेल लगाऊ।
9
परमेश्वरले सूर्यमुनि दिनुभएको यस व्यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्यही नै हुन्छ।
10
तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।
11
सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्दैन, न शक्तिशालीले युद्ध जित्छ, न त बुद्धिमान्लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्।
12
त्यसबाहेक आफ्नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्दै दुर्दशामा फेला पर्छन्।
13
मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्यो।
14
एक पल्ट थोरै बासिन्दा भएको एउटा सानो सहर थियो। त्यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्यसलाई घेरेर त्यसको चारैतिर घेरा-मचान बनाए।
15
त्यस सहरमा एउटा गरीब तर बुद्धिमान् मानिस थियो, र त्यसले आफ्नो बुद्धिले त्यो सहर बचायो। तर त्यस गरीब मानिसलाई कसैले सम्झेन।
16
तब मैले भनें, “बलभन्दा बुद्धि श्रेष्ठ हो।” तर त्यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्यसको वचनको केही वास्ता छैन।
17
कराएर भन्ने मूर्खहरूको शासकको वचनभन्दा बुद्धिमान्को नम्र वचनको वास्ता गर्नु असल हो।
18
युद्धका हातहतियारभन्दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12