bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 11
Ecclesiastes 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
1
आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।
2
तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्दैनौ कस्तो विपत्ति देशमा आइपर्नेछ।
3
बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यहीँ नै पड़िरहन्छ।
4
बतासको विचार गर्नेले कहिल्यै छर्दैन, बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।
5
जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरी नै सब थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ।
6
बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ।
7
उज्यालो असल हुन्छ। आँखाले घामलाई हेर्न मन पराउँछ।
8
मानिस जति धेरै वर्ष बाँचे तापनि त्यो ती सबैमा आनन्दित होस्। तर त्यसले अन्धकारका दिनहरूको पनि स्मरण गरोस्, किनभने ती धेरै हुन्छन्। हुन आउने सबै कुराहरू व्यर्थ हुन्।
9
ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।
10
यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→