bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 12
Ecclesiastes 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
1
दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, “यस समयमा मेरो मन लाग्दैन,” ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर—
2
सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै,
3
जब घरको हेरचाह गर्नेहरू काम्दछन् र बलिया मानिसहरू झुक्छन्, जब जाँतो पिँध्ने स्त्रीहरू कम भएकाले आफ्नो काम बन्द गर्छन् र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्,
4
जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन् र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरा हुन्छन्,
5
जब मानिसहरू अग्लो ठाउँदेखि र गल्लीका खतरादेखि डरले भरिएका हुन्छन्, जब हाँड़े-बदामको बोट सेतै फुलेर फक्रन्छ, र फटेङ्ग्रो पेटले घस्रँदैहिँड्छ, र मनको कामना उत्तेजित रहँदैन— यी सबै हुनुभन्दा अघि नै उहाँको सम्झना गर। तब मानिस आफ्नो अनन्तको घरमा जानेछ, र मलामीहरू गल्लीमा यताउता लाग्नेछन्।
6
चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्ग्रो भचाइन अघि,
7
जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
8
“व्यर्थ! व्यर्थ! सबै व्यर्थ!” उपदेशकले भन्दछन्।
9
उपदेशक बुद्धिमान् मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे।
10
उपदेशकले ठीक-ठीक शब्दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्य थिए।
11
बुद्धिमान्का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्।
12
ए मेरा छोरा, तिनमा थपेका केही कुराबाट होशियार बस। धेरै पुस्तकहरू बनाउने कामको अन्त्य हुँदैन। अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।
13
अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो। परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो।
14
किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→