bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 5
Ecclesiastes 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
1
परमेश्वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाओ, किनकि भूल गर्दैछन् भन्ने तिनीहरू जान्दैनन्।
2
बोल्नमा हतार नगर, परमेश्वरको अगि केही कुरा बोल्न तिम्रो मनमा आतुरी नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्।
3
जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्।
4
जब तिमी परमेश्वरसित भाकल गर्दछौ, त्यो पूरा गर्नमा विलम्ब नगर। मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। तिम्रो भाकल पूरा गर।
5
भाकल गरेर पनि पूरा नगर्नुभन्दा त भाकल नगरेको अझ असल हो।
6
तिम्रो आफ्नो बोलीले तिमीलाई पाप गर्न नलाओस्। अनि मन्दिरको समाचारवाहकलाई “मेरो भाकल त भूल भएको थियो,” भनी प्रतिवाद नगर। तिमीले बोलेका कुरासँग परमेश्वर रिसाएर तिम्रो हातको कामलाई नाश गर्ने, किन?
7
धेरै कल्पना र धेरै शब्दहरू व्यर्थ हुन्। यसकारण परमेश्वरको भय मान।
8
यदि तिमीले एउटा जिल्लामा गरीबहरूको अत्याचार भएको र तिनीहरूका न्याय र हक इन्कार भएको देख्यौ भने अचम्म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्छ, र तीभन्दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्।
9
जमिनबाट उब्जेका सबैले लिन्छन्, राजा स्वयम्ले खेतबाटै लाभ उठाउँछन्।
10
जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो।
11
जब धन-सम्पत्ति बढ्छ, तब खाने मुख पनि धेरै बढ्छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्पत्तिको अरू के लाभ हुन्छ र?
12
परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
13
मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको,
14
अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन।
15
मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।
16
यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ।
17
त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बिताउँछ।
18
तब मैले यो थाहा गरें कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठीक रहेछ, किनकि यो नै त्यसको भाग हो।
19
यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति र जग्गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्छ, र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुशी रहन दिनुहुन्छ— यो परमेश्वरको वरदान हो।
20
त्यसले आफ्नो जीवनका दिनहरूको थोरै स्मरण गर्नेछ, किनभने परमेश्वरले त्यसलाई आफ्नो हृदयको आनन्दमा व्यस्त राख्नुहुनेछ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12