bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 6
Ecclesiastes 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
1
सूर्यमुनि मैले यस्तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ।
2
परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति, जग्गाजमिन र मान दिनुहुन्छ, जसले गर्दा त्यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्वरले त्यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्छ। यो व्यर्थ र दु:खदायी खराबी हो।
3
कुनै मानिस आफ्ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्म बाँच्यो, तर त्यो धेरै दिनसम्म बाँचेर पनि आफ्नो उन्नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्कार पनि पाएन भने, म भन्दछु कि त्योभन्दा त तुहेको बालकको दशा अझ असल हुन्छ।
4
यो तुहेको नानी व्यर्थमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ र अन्धकारले नै त्यसको नाम ढाक्दछ।
5
यसले कहिल्यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्यस मानिसको भन्दा यसको विश्राम असल हुन्छ।
6
यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो उन्नतिको सुख-भोग गर्न असफल हुन्छ भने, त्यसलाई के विश्राम हुन्छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र?
7
मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्यसको भोक कहिल्यै मर्दैन।
8
बुद्धिमान् मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेर गरीब मानिसलाई के लाभ हुन्छ र?
9
आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु अरू कुराको लोभ गरिरहनुभन्दा असल छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
10
जे छँदैछ त्यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्यो जानिएकै छ। आफूभन्दा बलियोसँग कोही मानिस विरोध गर्न सक्दैन।
11
जति धेरै कुरा त्यति नै कम अर्थ हुन्छ। त्यसले कसैलाई के लाभ हुन्छ र?
12
किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्तै बिताउँछ, त्यसलाई के कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्यसलाई कसले भन्न सक्छ र?
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12