bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 3
Ecclesiastes 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
1
सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2
जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।
3
मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।
4
रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
5
ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय।
6
खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय।
7
च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय।
8
प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।
9
काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
10
परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु।
11
उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।
12
म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन।
13
परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्।
14
मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
15
जे छ त्यो अघिदेखि नै थियो, जे हुनेछ त्यो पहिलेदेखि थियो। परमेश्वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्छ।
16
अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।
17
मैले आफ्नो मनमा विचार गरें, “परमेश्वरले धर्मी र दुष्ट दुवैलाई न्यायमा ल्याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
18
मैले यो पनि सोचें, “मानिसहरू त पशुसरह हुन् भन्ने जानून् भनी परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ।
19
मानिसको भाग्य पशुको झैँ हुन्छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्छ। एउटा जसरी मर्छ, अर्को पनि त्यसरी नै मर्छ। सबैको एउटै सास हुन्छ। मानिसहरूको पशुभन्दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्यर्थ हो।
20
सबै एउटै ठाउँमा जान्छन्, किनभने सबै धूलोबाट आएका हुन् र सबै धूलोमा फर्किजान्छन्।
21
मानिसको आत्माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्छ भनी कसले जान्दछ र?
22
यसैले मैले देखें कि मानिसको निम्ति त आफ्नै काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही हुँदैन, किनभने त्यही नै त्यसको भाग हो। किनकि कसले त्यसलाई त्योभन्दा पछि हुने कुराहरू देखाउन सक्छ र?
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12