bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 8
Ecclesiastes 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
1
बुद्धिमान् मानिसजस्तै को छ र? यी कुराहरूको व्याख्या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्यालो बनाउँछ, र त्यसको कठोर अनुहार बद्लिदिन्छ।
2
म भन्दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्वरको अगि शपथ खाएका छौ।
3
राजाको उपस्थितिबाट बिदा हुन हतार नगर। कुनै दुष्ट कुराको पक्षमा अड़ान नलेऊ, किनभने राजालाई जे इच्छा लाग्छ, तिनले त्यही गर्दछन्।
4
किनकि राजाको वचन सर्वमान्य हुन्छ। कसले तिनलाई भन्न सक्छ, “हजूर के गरिबक्सन्छ?”
5
जसले राजाको आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान् हृदयले उचित समय र तरीका जान्नेछ।
6
यद्यपि मानिसमाथि साह्रै दु:ख-कष्ट आए तापनि हरेक कुराको निम्ति उचित समय र तरीका हुन्छ।
7
भविष्यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्छ भनी भन्न सक्छ?
8
बतासलाई थामिराख्नु कसैको शक्ति छैन, र त्यसै गरी आफ्नो मृत्युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्यसरी नै खराबी गर्नेलाई त्यसले कहिल्यै छोड्नेछैन।
9
सूर्यमुनि गरिएका सबै कुराहरूलाई मैले मन लगाएर हेर्दा यी सबै कुरा देखें। अरूमाथि प्रभुत्व गरेर आफैलाई हानि हुने एउटा समय छ।
10
तब मैले दुष्ट गाड़िएका पनि देखें— तिनीहरू पवित्रस्थानमा आउने-जाने गर्थे र यसको निम्ति सहरमा सम्मान लिने गर्थे। यो पनि व्यर्थ हो।
11
कुनै अपराधको दण्ड तुरुन्तै भएन भने मानिसहरूका हृदयले दुष्ट काम गर्नलाई योजनाहरू बनाउँछन्।
12
यद्यपि दुष्ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्म बाँचिरहन्छ, तापनि परमेश्वरको भय मान्नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्ने मलाई थाहा छ।
13
तर दुष्टहरूले परमेश्वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन र तिनीहरूका दिनहरू छायाजस्तै लामा हुनेछैनन्।
14
संसारमा केही अर्को एउटा व्यर्थको कुरा हुँदैछ: दुष्टले पाउनुपर्ने दण्ड धर्मीले पाउँछ, र धर्मीले पाउनुपर्ने इनाम दुष्टले पाउँछ। म भन्दछु, यो पनि व्यर्थ हो।
15
यसैले सुख-चैन गरे हुन्छ भनी म सल्लाह दिन्छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्वरले दिनुभएको जीवनको अवधिभर त्यसको आफ्नो काममा आनन्दले साथ दिनेछ।
16
संसारमा मानिसले आँखा चिम्म नगरी रातदिन नसुती गरेको परिश्रम हेर्न र बुद्धि के हो भनी जान्न तब मैले आफ्नो मन लगाएँ,
17
तब परमेश्वरले गर्नुभएका सबै कुराहरू मैले देखें। सूर्यमुनि के हुँदछ, सो कसैले पनि बुझ्न सक्दैन। मानिसले यसलाई खोज्ने सारा प्रयत्न गरे तापनि यी कुराको अर्थ पहिल्याउन सक्दैन। यदि कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्यसले जानेको हुँदैन।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12