bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 4
Ecclesiastes 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
1
फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्याचार देखें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूका पक्षमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।
2
यसैले मैले प्रष्टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्दा खुशी छन्।
3
तर ती दुवैभन्दा पनि अझ सुखीचाहिँ त्यो व्यक्ति हो, जो अहिलेसम्म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्ट काम देखेकै छैन।
4
अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्धिहरूचाहिँ मानिसले आफ्नै छिमेकीलाई ईर्ष्या गरेको कारणबाट मात्र हुँदारहेछन्। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
5
मूर्ख आफ्ना हात बाँधेर बस्छ र आफ्नो विनाश आफै ल्याउँछ।
6
परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्दा शान्तिसित एक मुट्ठी भएको अझ असल हो।
7
फेरि मैले सूर्यमुनि केही व्यर्थ देखें।
8
एउटा एकलो मानिस थियो, त्यसका न त छोरा न दाजुभाइ थिए। त्यसको परिश्रमको अन्त्यै थिएन, तापनि त्यो आफ्नो धन-सम्पत्तिमा सन्तुष्ट हुँदैनथ्यो। त्यसले सोध्यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्याग्दैछु?” यो पनि व्यर्थ हो, एउटा दु:खदायी कुरा।
9
एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्।
10
यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा!
11
त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने?
12
एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।
13
चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्दा निर्धन तर बुद्धिमान् युवक अझ उत्तम हो।
14
त्यो युवक झ्यालखानबाट निस्केर राजा हुन पुगेको होला, वा त त्यो आफ्नो राज्यमा निर्धन जन्मेको होला।
15
मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्डूल गर्ने सबै राजाको उत्तराधिकारी त्यही युवकको पछि लागे।
16
तिनीहरू अघिका सबै मानिसहरूको कुनै अन्त्य थिएन, तर जो तिनीहरूपछि आए उनीहरू त्यस उत्तराधिकारीसँग प्रसन्न भएनन्। यो पनि व्यर्थ हो, र बतासलाई खेदेको जस्तो मात्र हो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12