bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ecclesiastes 10
Ecclesiastes 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 11 →
1
जसरी मरेका झीँगाहरूले सुगिन्धत अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ।
2
बुद्धिमान् मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्छ।
3
बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ।
4
हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्नो काम नछोड। चूपचाप बस्नाले ठूला-ठूला भूल शान्त हुन्छन्।
5
सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो किसिमको खराबी जो हाकिमबाट हुन्छ:
6
मूर्खहरू धेरै उच्च पदमा राखिन्छन्, तर धनीहरू निम्न स्थानमा बस्छन्।
7
मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु।
8
खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ।
9
ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्न सक्छ, अनि दाउरा काट्ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्छ।
10
बन्चरो बोधो छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्याउँछ।
11
लट्ठ्याउन अघि नै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
12
बुद्धिमान् मानिसको मुखका वचन शिष्टाचार भएका हुन्छन्, तर मूर्खचाहिँ आफ्नै बोलीले नष्ट हुन्छ।
13
सुरुमा त्यसले अर्थहीन कुरा गर्छ। अन्त्यमा त्यसको कुरा दुष्ट पागलपना मात्र हुन्छ।
14
मूर्खले कुरा गरेको गरेकै हुन्छ। के हुने हो कसैले जान्दैन— त्यसको पछि के हुने त्यसलाई कसले बताउन सक्छ र?
15
मूर्ख आफ्नो कामले आफै थाक्छ, त्यसले सहर जाने बाटै चिन्दैन।
16
जुन देशमा नोकर राजा थियो र जसमा राजकुमारहरूले एकाबिहानै भोज खान्छन्, त्यस देशलाई धिक्कार छ।
17
त्यो देश सुखी छ, जसका राजा कुलीन परिवारमा जन्मेका छन्, र जसका राजकुमारहरूले मतवालापनको निम्ति होइन तर बलको निम्ति ठीक समयमा भोजन गर्छन्।
18
यदि कुनै मानिस अल्छे छ भने, घरको धुरी भत्कन्छ। यदि त्यो हात बाँधेर बस्छ भने, त्यसको घर चुहिन्छ।
19
खुशीयालीको लागि भोज तयार गरिन्छ, र दाखमद्यले जीवनलाई आनन्दित तुल्याउँछ। तर, पैसाले नै हर कुरा सुल्झाउँछ।
20
आफ्नो सोचाइमा पनि राजाको निन्दा नगर, अथवा धनीलाई आफ्नो कोठामा नसराप। किनकि आकाशको पक्षीले तिम्रो कुरा लैजाला, र उड़िरहेको चराले तिमीले भनेको कुरा बताइदेला।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
Recommended Reading
Commentary
Ecclesiastes Commentaries
→
Devotional
Ecclesiastes Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→