bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 2
Jeremiah 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 3 →
1
याहवेहको वचन मकहाँ आयो:
2
“जा, र यरूशलेमका मानिसहरूले सुन्ने गरी घोषणा गर्: “याहवेह यसो भन्नुहुन्छ: “ ‘तेरो युवा अवस्थाको भक्ति म सम्झना गर्छु; कसरी तैँले एउटी दुलहीले झैँ मलाई प्रेम गर्थिस्; अनि बिउ नछरिएको भूमिमा, मलाई मरुभूमिमा पछ्याइस्।
3
याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
4
हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन।
5
याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले ममा के दोष भेट्टाए, र तिनीहरू मबाट यति धेरै टाढा भए? तिनीहरू काम नलाग्ने मूर्तिहरूका पछि लागेर तिनीहरू आफैँ काम नलाग्ने भए।
6
तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्याउनुभयो?’
7
मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ।
8
पुजारीहरूले, ‘याहवेह कहाँ हुनुहुन्छ?’ भनी सोधेनन्; व्यवस्थाका काम गर्नेहरूले मलाई चिनेनन्; अगुवाहरूले मेरो विरुद्धमा विद्रोह गरे। काम नलाग्ने मूर्तिहरूका पछि लागेर, अगमवक्ताहरूले बाल-देवताको नाममा अगमवाणी गरे।
9
“यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि म तिमीहरू, तिमीहरूका छोराछोरी र नातिनातिनाहरूका विरुद्धमा मुद्दा लगाउनेछु।
10
कित्तीमको किनारपारि गएर हेर्, केदार मरुभूमिमा पठा, र ध्यानपूर्वक हेर्; त्यहाँ यस्तो कहिल्यै भएको छ कि छैन, सो पत्ता लगा:
11
के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्।
12
हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ।
13
“मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।
14
के इस्राएल एउटा सेवक, जन्मजात दास हो र? तब किन त्यो लुटिएको छ?
15
सिंहहरू गर्जेका छन्; तिनीहरूले इस्राएललाई झम्टेका छन्। तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्; त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्।
16
मेम्फिस र तहपनेसका मानिसहरूले पनि तिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।”
17
जब तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्वरले बाटोमा डोर्याउँदै हुनुहुन्थ्यो, तब उहाँलाई तिमीहरूले त्यागेर, यो कुरा आफैँमाथि ल्याएका होइनौ र?
18
अब नील नदीबाट पानी पिउन इजिप्टमा किन जान्छौ? अनि यूफ्रेटिस नदीबाट पानी पिउन अश्शूरमा किन जान्छौ?
19
तिमीहरूको दुष्टताले तिमीहरूलाई दण्ड दिनेछ; “तिमीहरूको धर्म-त्यागले तिमीहरूलाई हप्काउनेछ। तिमीहरूले याहवेह तिमीहरूका आफ्ना परमेश्वरलाई त्यागेर मेरो भय नराख्दा त्यो तिमीहरूका निम्ति कति दुष्टता र तितोपना हुनेछ भनी विचार गरेर जान,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
20
“धेरै समयअगि नै तैँले आफ्नो जुवा भाँचिस् र आफ्ना बन्धनहरू फुकाइस्; तैँले भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ अनि प्रत्येक अग्ला डाँडाहरूमाथि र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याजस्तै ढल्किस्।
21
मैले तँलाई एक असल र भरपर्दो बोटबाट एउटा उत्तम दाखको बोटझैँ रोपेको थिएँ। तर कसरी तँ मेरो विरुद्धमा खडा भएर, भ्रष्ट जङ्गली दाखको बोट भइस्?
22
तैँले आफूलाई कडा साबुन र सोडाले धोए तापनि तेरो अपराधको दाग अझै पनि मेरो सामु रहेको छ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
23
“कसरी तैँले भन्न सक्छस्, ‘म अशुद्ध भएको छैनँ; म बाल-देवताहरूका पछि लागेको छैनँ?’ हेर्, तैँले बेँसीमा कस्तो व्यवहार गरेको थिइस्; तैँले के गरेको थिइस्, सो विचार गर्। तँ त यताउता दौडिहिँड्ने उत्तेजित ऊँटजस्तै छस्,
24
उजाडस्थानमा रहने बानी भएकी, कामुक भएर हावा सुँघिहिँड्ने जङ्गली गधैनीजस्तै। त्यसको उन्मात कामुकतालाई कसले रोक्न सक्छ? त्यसलाई पछ्याउने गधाहरूले आफूलाई थकाउनुपर्दैन; कामवासनाको समयमा तिनीहरूले त्यसलाई भेट्टाइहाल्छन्।
25
तेरा खुट्टा नाङ्गो नभएसम्म र तेरो घाँटी तिर्खाले सुक्खा नहुन्जेल नकुद्। तर तैँले भनिस्, ‘म फर्कन सक्दिनँ! म विदेशी देवताहरूलाई प्रेम गर्छु; अनि मैले तिनीहरूलाई पछ्याउनैपर्छ।’
26
“पक्राउ पर्दा चोर लज्जित भएझैँ, इस्राएलको घराना लज्जित भएको छ; अर्थात् तिनीहरू, आफ्ना राजाहरू र तिनीहरूका अधिकारीहरू, तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू सबै लज्जित भएका छन्।
27
तिनीहरूले काठलाई भन्छन्, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’ अनि ढुङ्गालाई भन्छन्, ‘तपाईंले मलाई जन्माउनुभयो।’ तिनीहरूले मतिर मुख होइन, तर आफ्नो पिठिउँ फर्काएका छन्; तापनि तिनीहरू विपत्तिमा पर्दा तिनीहरू भन्छन्, ‘आएर हामीलाई बचाउनुहोस्!’
28
त्यसो भए तिमीहरूले आफ्ना निम्ति बनाएका देवी-देवताहरू चाहिँ कहाँ छन् त? तिमीहरू विपत्तिमा परेको बेला तिनीहरूले बचाउन सक्छन् भने तिनीहरू आऊन्! किनकि हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै धेरै देवी-देवताहरू पनि छन्।
29
“तिमीहरू मेरो विरुद्धमा किन अभियोग लगाउँछौ? तिमीहरू सबै मेरो विरुद्धमा बागी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।
30
“मैले व्यर्थैमा तिम्रा मानिसहरूलाई दण्ड दिएँ; किनकि तिनीहरूले सुध्रिन मानेनन्। तिमीहरूका तरवारले तिमीहरूका अगमवक्ताहरूलाई निलिहाल्ने शिकारी सिंहले जस्तै नाश गरेका छौ।
31
“यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर: “के म इस्राएलका निम्ति मरुभूमि अथवा घोर अन्धकारको देशजस्तै भएको छु? किन मेरा मानिसहरूले यसो भन्छन्, ‘हामी आफूखुशी गर्न स्वतन्त्र छौँ; हामी तपाईंकहाँ फेरि फर्केर आउनेछैनौँ?’
32
के एउटी कन्याले आफ्ना गरगहना, वा एउटी दुलहीले आफ्नो विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तापनि मेरा मानिसहरूले, धेरै समयदेखि मलाई बिर्सेका छन्।
33
तँ प्रेमिका पछि लाग्नलाई कति सिपालु छेस्! अति दुष्ट स्त्रीहरूले पनि तेरो चालहरूबाट सिक्न सक्छन्।
34
तेरा लुगाहरूमा निर्दोष गरिबहरूको रगत भेटिन्छ, यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्। तर यी सबै कुरा हुँदा-हुँदै पनि
35
तँ भन्छस्, ‘म त निर्दोष छु; उहाँ मसित रिसाउनुभएको छैन।’ तर तैँले, ‘मैले पाप गरेकी छैनँ’ भनेकै कारण म तेरो न्याय गर्नेछु।
36
तँ किन आफ्ना मार्गहरू बदलेर, यताउता डुलिहिँड्छस्? अश्शूरले तँलाई निराश तुल्याएजस्तै तँ इजिप्टबाट पनि निराश हुनेछस्।
37
तैँले त्यो ठाउँलाई पनि आफ्ना हात आफ्नै थाप्लोमा राखेर छाड्नेछस्; किनकि तैँले भरोसा राखेकाहरूलाई याहवेहले त्याग्नुभएको छ; तैँले तिनीहरूबाट सहायता पाउनेछैनस्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52