bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 44
Jeremiah 44
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 45 →
1
इजिप्टको तल्लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्लो इजिप्टमा बस्ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:
2
“सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।
3
तिमीहरूले गरेको दुष्टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।
4
मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’
5
तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।
6
यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ।
7
“यसकारण याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?
8
तिमीहरू बस्न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।
9
के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए?
10
आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।
11
“यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूमाथि विपत्ति ल्याउन र सम्पूर्ण यहूदालाई नाश गर्ने निर्णय लिएको छु।
12
इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्।
13
जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु।
14
यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।”
15
त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्लो र माथिल्लो इजिप्टमा बस्ने सबै इस्राएलीहरूले यर्मियालाई भने,
16
“तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्नेछैनौँ!
17
हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।
18
तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।”
19
ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्ने कुरा जान्दैनथिए र?”
20
तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने,
21
“तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र?
22
जब तिमीहरूले गरेका तिमीहरूका दुष्ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ।
23
तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
24
त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन।
25
सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर!
26
तर इजिप्टमा बस्ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’
27
किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्ट हुनेछन्।
28
तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्नेछन्।
29
“ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्चय नै पूरा हुनेछ।’
30
याहवेह यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52