bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 22
Jeremiah 22
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 23 →
1
याहवेह यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:
2
‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।
3
याहवेह यसो भन्नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।
4
किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने दावीदको सिंहासनमा बस्ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।
5
तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”
6
किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु।
7
म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्।
8
“धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’
9
अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”
10
मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर; बरु निर्वासनमा लगिएकाहरूका निम्ति विलाप गर; किनकि त्यो फेरि फर्केर कहिल्यै आउनेछैन, न त त्यसले आफ्नो जन्मभूमि फेरि देख्नेछ।
11
किनकि याहवेह यसो भन्नुहुन्छ, योशियाहका छोरा शल्लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।
12
शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”
13
“धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।
14
त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु।’ यसकारण त्यसले त्यस घरमा ठूला झ्यालहरू बनाउँछ, त्यसमा देवदारुका पल्लाहरू लगाउँछ; अनि त्यसलाई रातो रङ्गले रङ्गाउँछ।
15
“के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।
16
त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
17
“तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”
18
यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्नेछैनन्।
19
त्यसको दफन गधाको जस्तै हुनेछ; त्यसलाई घिस्याउँदै लगेर यरूशलेमको मूलढोकाको बाहिर फ्याँकिदिनेछन्।”
20
“उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्ट भएका छन्।
21
तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस्, ‘म सुन्नेछैनँ!’ यो त तेरो जवानीदेखिकै चाल भएको छ; तैँले मेरो आज्ञापालन गरेकै छैनस्।
22
हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ; अनि तेरा मित्रहरू देशबाट कैदमा लगिनेछन्। तब तेरा सबै दुष्ट कामहरूको कारणले तँ लज्जित र अपमानित हुनेछस्।
23
हे लेबनानमा बस्नेहरू, तिमीहरू, जो देवदारुका भवनहरू बनाएर बसेका छौ, तिमीहरूमाथि जब पीडा आइपर्ला, तब तिमीहरू पीडाले चीत्कार गर्नेछौ, त्यो पीडा सुत्केरीको प्रसव वेदनाजस्तै हुनेछ!”
24
याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।
25
म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।
26
म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।
27
तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”
28
के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?
29
हे देश, हे देश, हे देश, याहवेहको वचन सुन्!
30
याहवेह यसो भन्नुहुन्छ: “यस मानिसलाई निःसन्तान भनी दर्ता गर्, यस्तो मानिस, जो जीवनकालभरि सफल हुनेछैन; किनकि त्यसको कुनै पनि सन्तान सफल हुनेछैन र कोही पनि दावीदको सिंहासनमा बस्नेछैन, अथवा यहूदामा फेरि कसैले पनि शासन गर्नेछैन।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52