bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 46
Jeremiah 46
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 47 →
1
राष्ट्रहरूको बारेमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
2
इजिप्टको सम्बन्धमा: यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको चौथो वर्षमा, बेबिलोनका राजा नबूकदनेसरद्वारा यूफ्रेटिस नदीको कर्कमीशमा पराजित भएका इजिप्टका राजा फारो नेकोका सेनाको विरुद्धमा आएको सन्देश यही हो:
3
“तेरा ठूला र साना दुवै ढालहरू तयार गर्; अनि युद्ध गर्नका निम्ति मोर्चा बाँधेर अगि बढ्!
4
घोडाहरूमा जीन-लगाम कस्, र घोडाहरूमाथि चढ्! लडाइँका टोप लगाएर आफ्नो पङ्क्तिमा खडा हो! आफ्ना भालाहरू टल्का; आफ्ना हातहतियारहरूले सुसज्जित हो!
5
तर म के देख्दैछु? ती इजिप्टियन सेनाहरू त्रसित भएका छन्; तिनीहरू पछि हट्दैछन्; तिनीहरूका योद्धाहरू हारेका छन्। तिनीहरू पछाडि नहेरी हतार-हतार भाग्दैछन्; अनि त्यहाँ चारैतिर त्रास नै त्रास फैलिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।
6
“चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खानेछन् र लड्नेछन्।
7
“नील नदीजस्तै बढेर आउने, नदीहरूको बाढीझैँ उर्लेर आउने त्यो को हो?
8
नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।”
9
हे घोडाहरू हो, आक्रमण गर! हे रथ हाक्नेहरू हो, वेगसँग अगाडि बढ! हे योद्धाहरू हो, अगि बढ। ढाल बोक्ने कूश र पूतका मानिसहरू, धनु हान्न सिपालु लूदीमका मानिसहरू अगि बढ।
10
तर त्यो दिन प्रभु, सेनाहरूका याहवेहको दिन हो। बदलाको दिन, उहाँको शत्रुहरूमाथि बदला लिने दिन हो। तरवार सन्तुष्ट नभएसम्म त्यसले नाश गर्नेछ; रगतले तिर्खा नमेटेसम्म त्यो चल्नेछ। किनकि सेनाहरूका याहवेहले उत्तरको देशलाई यूफ्रेटिस नदीको किनारमा बलिदान चढाउनुहुनेछ।
11
“हे इजिप्टकी कन्या छोरी, माथि गिलादमा गएर मलम ली, तर तैँले व्यर्थैमा धेरै औषधीहरू प्रयोग गरिस्; तँ निको हुनेछैनस्।
12
राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्नेछन्; तेरो रोदन पृथ्वीभरि सुनिनेछ। एउटा योद्धा अर्कोमाथि ठक्कर खानेछ; दुवै योद्धा एकसाथ जमिनमा लोट्नेछन्।”
13
बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो:
14
“यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्; यसलाई मेम्फिसमा र तहपनेसमा पनि घोषणा गर्: ‘आफ्नो सुरक्षाको निम्ति आ-आफ्ना स्थानमा तयार होओ; किनकि तेरा चारैतिर भएकाहरूलाई तरवारले नाश गर्नेछ।’
15
तेरा योद्धाहरू किन सोत्तर हुनेछन्? तिनीहरू खडा हुन सक्दैनन्; किनकि याहवेहले तिनीहरूलाई जमिनमा ठेलिदिनुहुनेछ।
16
तिनीहरू घरी-घरी ठक्कर खानेछन्; तिनीहरू एक-अर्कामाथि लड्नेछन्। तिनीहरूले भन्नेछन्, ‘उठ, हामी शत्रुहरूका तरवारदेखि टाढा आफ्नै मानिसहरूकहाँ र आफ्नो जन्मभूमिमा फर्केर जाऔँ।’
17
त्यहाँ तिनीहरू चिच्याउनेछन्, ‘इजिप्टका राजा फारो चर्को आवाज मात्र हो; फारोले आफ्नो मौका गुमाएको छ।’
18
“म जीवित भएझैँ,” राजाले यसरी घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो, पहाडहरूमध्ये उच्च तबोरजस्तै, समुद्रभन्दा उच्च कर्मेल पर्वतजस्तै एक जना शक्तिशाली आउनुहुनेछ।
19
हे इजिप्टमा बस्ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्ने रुखो भग्नावशेष हुनेछ।
20
“इजिप्ट एउटी सुन्दरी कोरली हो, तर त्यसको विरुद्धमा उत्तर दिशाबाट एउटा डाँस आउँदैछ।
21
त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्।
22
जब शत्रुहरू अगि बढ्दै आउँछन्, तब भाग्ने सर्पझैँ सुलुलु आवाज इजिप्टले निकाल्नेछ; तिनीहरू त्यसको विरुद्धमा रूख काट्ने मानिसहरूझैँ बन्चरो लिएर आउनेछन्।”
23
याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि तिनीहरूले ती काटेर ढालिदिनेछन्। तिनीहरू संख्यामा सलहभन्दा धेरै छन्, तिनीहरू अनगन्ती छन्।
24
इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।”
25
सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर भन्नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु।
26
म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
27
“हे मेरो सेवक याकोब, तँ नडरा! हे इस्राएल निरुत्साहित नहो। म निश्चय नै तँलाई टाढाको ठाउँबाट तेरा सन्तानहरूलाई तिनीहरूका बेबिलोनको कैदबाट बचाउनेछु। याकोब फेरि शान्ति र सुरक्षामा बस्नेछ; अनि कसैले पनि इस्राएललाई डर देखाउन सक्नेछैन।
28
हे मेरो सेवक याकोब, तँ भयभीत नहो; किनकि म तँसँग छु,” याहवेह घोषणा गर्नुहुन्छ। “मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, मैले ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। म तँलाई न्यायपूर्वक ताडना दिनेछु; तर म तँलाई विनादण्ड छोड्छैनँ।”
← Chapter 45
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 47 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52