bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 51
Jeremiah 51
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 50
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 52 →
1
याहवेह यसो भन्नुहुन्छ: “हेर, बेबिलोन र लेब-कमाईका मानिसहरूका विरुद्धमा म एक विनाश गर्ने आत्मालाई उक्साउनेछु।
2
म बेबिलोनलाई निफन्न र त्यस देशलाई नष्ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्।
3
धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्, न त त्यो आफ्नो कवच लगाएर खडा होस्। तिनीहरूका जवानहरूलाई बाँकी नराख; तिनीहरूका सेनाहरूलाई पूर्ण रूपले सर्वनाश गर।
4
तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्।
5
किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्वरको सामु अपराधले भरिएको छ।
6
“बेबिलोनबाट भाग! आ-आफ्नो प्राण बचाउनलाई भाग! त्यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो त याहवेहले बदला लिने समय हो; उहाँले त्यसलाई उचित दण्ड दिनुहुनेछ।
7
बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्।
8
बेबिलोन एक्कासि पतन हुनेछ र टुक्रिनेछ। त्यसको निम्ति विलाप गर! त्यसको कष्टका निम्ति मलम ल्याओ; सायद त्यो निको हुन्छे कि!
9
“हामी बेबिलोनलाई निको पार्नेथियौँ, तर त्यो निको हुन सक्दैन; त्यसलाई छोडिदियौँ र हामी आ-आफ्नो देशमा जाऔँ; किनकि त्यसको दण्ड आकाशसम्म पुगेको छ, त्यो स्वर्गसम्मै चुलिएको छ।
10
“याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ; आओ, हामी सियोनमा जाऔँ, र याहवेह हाम्रा परमेश्वरको काम बयान गरौँ।
11
“धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्ट गर्नेहरूलाई बदला लिनुहुनेछ।
12
बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ! पहरा-चौकी बलियो बनाओ; पहरेदारहरूलाई खटाओ, ढुकेर आक्रमण गर्नेहरूलाई तयार गर! याहवेहले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ; अनि बेबिलोनका मानिसहरूको विरुद्धमा उहाँले आफ्नो उर्दी पूरा गर्नुहुनेछ।
13
तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस् र धेरै धनसम्पत्तिको भण्डारले पूर्ण भएकी छेस्, तर तेरो अन्त्य आएको छ। तेरो विनाशको समय आएको छ।
14
सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ: म निश्चय नै बेबिलोनलाई आक्रमण गर्न सलहको बथानझैँ सेनाहरूको भीडले भरिदिनेछु; अनि तिनीहरूले तँमाथि विजयी भएर जयजयकार गर्नेछन्।
15
“याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
16
जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ, अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।
17
“हरेक मानिस विवेकहीन र ज्ञानहीन छ; हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ। किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्; तिनीहरूमा जीवनको सास हुँदैन।
18
ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्ट हुनेछन्।
19
उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्न; किनकि उहाँ सबै कुराहरूको सृष्टिकर्ता हुनुहुन्छ, जसमा उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।
20
“तँ मेरो युद्धको मुङ्ग्रो, मेरो लडाइँका निम्ति हतियार होस्; तँद्वारा म राष्ट्रहरूलाई चकनाचुर पार्छु; र तँद्वारा नै म राज्यहरूलाई नष्ट गर्छु।
21
तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु; तँद्वारा म रथहरू र रथ-सवारहरूलाई चकनाचुर पार्छु।
22
तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म वृद्ध मानिस र जवानलाई चकनाचुर पार्छु। तँद्वारा म जवान केटाहरू र कन्या केटीहरूलाई चकनाचुर पार्छु।
23
तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु; तँद्वारा म किसान र गोरुहरूलाई चकनाचुर पार्छु। तँद्वारा म राज्यपालहरू र अधिकारीहरूलाई चकनाचुर पार्छु।
24
“तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
25
“हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु।
26
तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन, न त जगको निम्ति कुनै ढुङ्गा लिइनेछ; किनकि तँ सदाको निम्ति उजाड रहनेछस्,” याहवेह घोषणा गर्नुहुन्छ।
27
“देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ।
28
त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर।
29
देश थरथर काम्छ र छटपटिन्छ; किनकि बेबिलोनको विरुद्धमा याहवेहको उद्देश्य अटल छ! बेबिलोनको देशलाई उजाड पार्नलाई, त्यहाँ कोही पनि नबसून्।
30
बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्; तिनीहरू आफ्ना किल्लाहरूमा रहन्छन्। तिनीहरूको बल शिथिल भएको छ; तिनीहरू दुर्बल भएका छन्। त्यसका वासस्थानहरूमा आगो लगाइएका छन्; त्यसका मूलढोकाका गजबारहरू भत्काइएका छन्।
31
एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ; एक सन्देशवाहक अर्को सन्देशवाहकको पछि दौडन्छ। बेबिलोनको राजालाई यो खबर दिन उसको सम्पूर्ण सहर कब्जा गरिएका छन्;
32
अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।”
33
सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।”
34
“बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ; त्यसले हामीलाई अलमलमा पारिदिएको छ। त्यसले हामीलाई रित्तो भाँडाजस्तै बनाइदिएको छ। त्यसले हामीलाई अजिङ्गरले झैँ निलेको छ, र त्यसले हाम्रो स्वादिष्ठ भोजनले आफ्नो पेट भरेको छ; त्यसपछि हामीलाई बान्ता गरेर फ्याँकिदिएको छ।
35
सियोनका बासिन्दाहरूले भन्छन्, हामी र हाम्रा छोराछोरीहरूमाथि जस्तो अत्याचार परेको छ, त्यस्तै बेबिलोनमाथि पनि परोस्”। यरूशलेमले भन्छ, “हाम्रो रगत बगाएको बदला बेबिलोनमा बस्ने मानिसहरूमाथि परोस्”।
36
यसकारण याहवेह भन्नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु।
37
बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्लाको पात्र, कोही पनि नबस्ने एउटा उजाड ठाउँ हुनेछ।
38
त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्।
39
तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
40
“म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु।
41
“शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ!
42
बेबिलोनमाथि समुद्र उठ्नेछ; त्यसका गर्जने छालहरूले त्यसलाई छोपिदिनेछन्।
43
त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन।
44
म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ।
45
“हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग।
46
जब देशमा हल्ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्ला र अर्को वर्ष अर्कै हल्ला आउँछ; देशमा अत्याचारको हल्ला र शासकको विरुद्धमा शासक भएको हल्ला।
47
किनकि हेर, समय निश्चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्।
48
तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
49
“बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ, इस्राएलका मानिसहरूको हत्या गरिएको कारण बेबिलोनको पतन हुनैपर्छ।
50
तिमीहरू, जो तरवारबाट उम्केछौ, ढिलो नगरी भागिहाल! टाढा देशबाट याहवेहलाई स्मरण गर; अनि यरूशलेमको बारेमा याद गर।”
51
“हामी लज्जित भएका छौँ; किनकि हामी बदनामी भएका छौँ, र हाम्रा अनुहार शर्मले ढाकिएका छन्; किनकि विदेशीहरू हाम्रा याहवेहको भवनका पवित्र ठाउँहरूमा प्रवेश गरेका छन्।”
52
“तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, तब त्यसको देशभरि नै घाइतेहरूले सुस्केरा हाल्नेछन्।
53
यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
54
“बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज।
55
याहवेहले बेबिलोनलाई नाश गर्नुहुनेछ; उहाँले त्यसको ठूलो होहल्लालाई बन्द गराउनुहुनेछ। शत्रुहरू समुद्रका विशाल छालहरूझैँ गर्जनेछन्; तिनीहरूका आवाजको गर्जन गुञ्जिनेछ।
56
बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ; त्यसका योद्धाहरू कब्जा गरिनेछन्; अनि तिनीहरूका धनुकाँडहरू भाँचिनेछन्। किनकि याहवेह उचित प्रतिफल दिनुहुने परमेश्वर हुनुहुन्छ; उहाँले पूर्ण रूपमा दण्ड दिनुहुनेछ।
57
म तिनीहरूका अधिकारीहरू, बुद्धिमान् मानिसहरूलाई मताइदिनेछु; त्यसका राज्यपालहरू, अधिकारीहरू र योद्धाहरू समेतलाई मताइदिनेछु; तिनीहरू सदाको निम्ति निदाउनेछन् र कहिल्यै पनि उठ्नेछैनन्,” राजा घोषणा गर्नुहुन्छ, “जसको नाम सेनाहरूका याहवेह हो।”
58
सेनाहरूका याहवेह भन्नुहुन्छ: “बेबिलोनको चौडा पर्खाल समतल बनाइनेछ; अनि त्यसका अग्ला मूलढोकाहरूमा आगो लगाइनेछन्; मानिसहरू व्यर्थैमा थाकेर शिथिल हुन्छन्, र राष्ट्रको परिश्रमचाहिँ ज्वालाको निम्ति इन्धन मात्र हुनेछन्।”
59
यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो।
60
बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।
61
यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।
62
त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’
63
जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ।
64
तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ” यर्मियाको सन्देश यहीँ समाप्त हुन्छ।
← Chapter 50
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 52 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
Recommended Reading
Commentary
Jeremiah Commentaries
→
Devotional
Jeremiah Devotional Guide
→
Get This Bible
Nepali Contemporary Version (पवित्र बाइबल, नेपाली समकालीन संस्करण) Study Bible
→