bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 48
Jeremiah 48
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
1
मोआबको विषयमा: सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: “धिक्कार नेबोलाई! किनकि त्यो नष्ट हुनेछ, किर्यातैम अपमानित हुनेछ र कब्जा गरिनेछ; शत्रुहरूले तिनीहरूको बलियो गढ नष्ट गरेर चकनाचुर पार्नेछन्।
2
मोआबको प्रशंसा फेरि कहिल्यै हुनेछैन; हेश्बोनमा मानिसहरूले मोआबको विरुद्धमा पतनको षड्यन्त्र गर्दछन्: ‘आओ, हामी त्यस राष्ट्रको अस्तित्व मेटिदिऔँ।’ हे मदमेनका मानिसहरू, तँलाई पनि चुप गराइनेछ; तँलाई तरवारले खेद्नेछ।
3
होरोनैमबाट पीडाको चीत्कार उठ्नेछ, ठूलो विध्वंस र सर्वनाशको चीत्कार।
4
मोआब नष्ट हुनेछ; त्यसका बालकहरू चर्को सोरले रुनेछन्।
5
तिनीहरू दुःखी भएर रुँदै लूहीत सहरतिर जाने उकालोमा चढ्नेछन्; होरोनैमतिर झर्ने ओरालो बाटोमा सर्वनाशको कारण दर्दनाक चीत्कार सुनिन्छन्।
6
भाग! आफ्नो जीवन बचाउनलाई दौड; मरुभूमिमा भएको पोथ्राजस्तै होओ।
7
किनकि तिमीहरूले आफ्ना कामहरू र धनसम्पत्तिहरूमा भरोसा राखेका कारण, तिमीहरू पनि कैदमा लगिनेछौ; अनि कमोश देवता आफ्ना पुजारीहरू र अधिकारीहरूसँग निर्वासनमा जानेछ।
8
विनाशकर्ता प्रत्येक सहरको विरुद्धमा आउनेछ; अनि एउटै सहर पनि उम्कनेछैन। उपत्यका ध्वस्त हुनेछ, र बेँसी नष्ट पारिनेछ; किनकि याहवेहले भन्नुभएको छ।
9
मोआबमा नुन छरिदेओ; किनकि त्यो उजाड हुनेछ; त्यसका सहरहरू कोही पनि नबस्ने गरी उजाड हुनेछन्।
10
“याहवेहको काममा लापर्बाही गर्ने व्यक्ति श्रापित होस्! तिनीहरूको तरवारलाई रक्तपात गर्न नदिने व्यक्ति श्रापित होस्!
11
“मोआब त्यसको युवाअवस्थादेखि नै आराममा छ; एउटा भाँडाबाट अर्को भाँडामा नखन्याई भाँडामा छोडिराखेको दाखमद्यजस्तै, अर्थात् मोआब निर्वासनमा गएकी छैन। त्यसको स्वाद पहिलेको जस्तै छ; अनि त्यसको वासना बदलिएको छैन।”
12
यसकारण, “हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, जब म मानिसहरू पठाउनेछु, जसले मशकबाट दाखमद्य खन्याउनेछन्, त्यसरी नै तिनीहरूले मोआबलाई पोखाइदिनेछन्; तिनीहरूले त्यसका मशकहरू रित्याइदिनेछन्, र त्यसका मशकहरू चकनाचुर पारिदिनेछन्।
13
जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा इस्राएलको घराना लाजमा परेको थियो, त्यसरी नै मोआब पनि कमोश देवताको कारण लज्जित हुनेछ।
14
“तिमीहरूले कसरी भन्न सक्छौ, ‘हामी लडाइँका वीर योद्धाहरू वा बहादुर मानिसहरू हौँ?’
15
मोआब नष्ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ; त्यसका अति असल जवानहरू शत्रुहरूले काटेर मर्नेछन्,” राजाले घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो।
16
“मोआबको पतन नजिकै आइपुगेको छ; त्यसको विनाश चाँडै आउनेछ।
17
त्यसका वरिपरि बस्नेहरू, त्यसको ख्याति थाहा पाउनेहरू सबैले त्यसको निम्ति शोक गर; र यसो भन, ‘शक्तिशाली राजदण्ड कसरी तोडिएको छ, गौरवशाली राज्यको लहुरो कसरी भाँचिएको छ!’
18
“हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो, तिमीहरूका गौरवको उचाइबाट ओर्लेर आओ, र सुक्खा धुलोमा बस; किनकि मोआबलाई विनाश गर्ने शत्रुहरू तिमीहरूको विरुद्धमा आउनेछन्, र तिमीहरूका सुरक्षित सहरहरू ध्वस्त पारिदिनेछन्।
19
हे अरोएरका बासिन्दाहरू हो, सडकको छेउमा खडा होओ र ध्यानसित हेर। भाग्दै गरेका मानिसहरू र उम्कँदै गरेकी स्त्रीहरूलाई सोध, तिनीहरूलाई, ‘के भयो?’ भनेर सोध।
20
मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे; विलाप गर र रोओ! अर्नोन नदीको छेउमा गएर बताइदेओ, मोआब नष्ट पारिएकी छे।
21
उच्च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि,
22
दीबोन, नेबो र बेथ-दिब्लातैममाथि,
23
किर्यातैम, बेथ-गामूल र बेथ-मोनमाथि,
24
किर्योत र बोज्रामाथि— मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि न्याय आएको छ।
25
मोआबको सिङ काटियो; त्यसको पाखुरा भाँचिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ।
26
“मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ।
27
ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र? के त्यो चोरहरूसँग पक्राउ परेकी थिई, त्यसको बारेमा कुरा गर्दा त्यसको ठट्टा गर्दै तैँले आफ्नो टाउको हल्लाउने गर्थिस्?
28
ए मोआबमा बस्नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर चट्टानको ओडारहरूमा बस। तिमीहरू ओडारको मुखमा आफ्नो गुँड बनाउने ढुकुरजस्तै होओ।
29
“हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ।
30
‘म त्यसको अहङ्कार जान्दछु, तर त्यसको अहङ्कार व्यर्थको छ,’ याहवेह घोषणा गर्नुहुन्छ; अनि त्यसको घमण्डले केही गर्न सक्दैन।
31
यसकारण म मोआबको निम्ति बिलौना गर्छु; किनकि म सम्पूर्ण मोआबको निम्ति रुन्छु; म कीर-हरेशेतका मानिसहरूका निम्ति विलाप गर्छु।
32
म याजेरको निम्ति भन्दा तेरो निम्ति धेरै रुन्छु; हे सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगेका छन्; ती हाँगाहरू याजेरसम्मै पुगेका छन्। विनाशकर्ताहरू तेरा पाकेका फलहरू र अङ्गुरहरूमाथि आइलागेका छन्।
33
मोआबका बगैँचाहरू र खेतबारीहरूबाट आनन्द र खुशीयाली गइसकेका छन्। मैले कोलहरूबाट रस बग्न बन्द गरिदिएको छु; कसैले पनि आनन्दको आवाजसँग ती पेल्दैनन्। यद्यपि त्यहाँ चर्को आवाजमा कराइरहेका छन्, तर ती आवाजहरू खुशीका होइनन्।
34
“हेश्बोनदेखि एलाले र यहससम्म सोअरदेखि टाढा होरोनैम र एग्लत-शलीशियाहसम्म नै तिनीहरूको चीत्कारको आवाज सुनिन्छ; किनकि निम्रीमको पानीसमेत सुकिसकेको छ।
35
म मोआबका अग्ला-अग्ला ठाउँहरूमा भेटी चढाउनेहरू र तिनीहरूका देवताहरूलाई धूप बाल्नेहरूको अन्त्य गरिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
36
“यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ; यसले कीर-हरेशेतका मानिसहरूको निम्ति बाँसुरीजस्तै विलाप गर्छ। तिनीहरूले आर्जन गरेका धनसम्पत्ति सबै नष्ट भएको छ।
37
हरेक मानिसको कपाल खौरिएको छ, र हरेक मानिसको दाह्री काटिएको छ; हरेक हात ताछिएको छ, र हरेक कम्मरमा भाङ्ग्रा बेरिएको छ।
38
मोआबका सबै छानाहरूमा र सबै सार्वजनिक चोकहरूमा मानिसहरूको विलापबाहेक त्यहाँ अरू केही छैन; किनकि मैले मोआबलाई कसैले मन नपराएको भाँडालाई जस्तै फुटाइदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
39
“मोआब कति छरपस्ट भएको छ! तिनीहरू कसरी विलाप गर्दैछन्! मोआब लाजले कसरी आफ्नो पिठिउँ फर्काउँछ! मोआब एक हाँसोको पात्र भएको छ, त्यसको वरिपरि भएका सबै राष्ट्रहरूका निम्ति एक त्रासको पात्र बनेको छ।”
40
याहवेह यसो भन्नुहुन्छ: “हेर! एउटा चील आफ्ना पखेटा फैलाएर मोआबमाथि वेगसित आउँदैछ।
41
किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।
42
मोआब राष्ट्र नाश हुनेछ; किनकि त्यसले याहवेहको अवहेलना गरेको छ।
43
हे मोआबका मानिसहरू हो, तिमीहरूलाई त्रास, खाडल र पासोले पर्खिरहेका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।
44
“जो आतङ्कबाट भाग्छ, त्यो खाडलमा खस्नेछ; जो खाडलबाट बाहिर निस्कन्छ, त्यो पासोमा पर्नेछ; किनकि म मोआबमाथि त्यसको दण्डको वर्ष ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
45
“हेश्बोनका छायामा भाग्नेहरू असहाय भएर उभिन्छन्; किनकि हेश्बोनबाट आगोबाहिर निस्केको छ; सीहोनको बीचबाट ज्वाला निस्केको छ; यसले मोआबका निधारहरू, दुःख दिने अहङ्कारीहरूका थाप्लाहरू जलाइदिनेछ।
46
हे मोआब, तँलाई धिक्कार छ! कमोश देवताका मानिसहरू नष्ट भएका छन्; तिमीहरूका छोराहरू निर्वासनमा र तिमीहरूका छोरीहरू कैदी बनाएर दासत्वमा लगिनेछ।
47
“तरै पनि पछिल्ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्त हुन्छ।
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 49 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52