bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 31
Jeremiah 31
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 32 →
1
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस बेला म इस्राएलका सबै घरानाहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
2
याहवेह यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।”
3
बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्नुभयो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु; अचुक कृपाले मैले तँलाई आकर्षित गरेको छु।
4
म तँलाई फेरि निर्माण गर्नेछु; अनि हे कन्या इस्राएल, तँ फेरि निर्माण गरिनेछस्। तँ फेरि आफ्नो खैँजडी लिएर आनन्दसाथ नाच्दै निक्लनेछस्।
5
तैँले फेरि सामरियाका डाँडाहरूमा दाखबारीहरू लगाउनेछस्; किसानहरूले दाखबारीहरू लगाउनेछन्, र तिनीहरूले आफ्ना फलहरूबाट आनन्द लिनेछन्।
6
यस्तो दिन आउनेछ, जब पहरेदारहरू एफ्राइमका डाँडाहरूमा यसरी कराउनेछन्, ‘आओ, हामी याहवेह हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔँ।’ ”
7
याहवेह यसो भन्नुहुन्छ: “याकोबका निम्ति आनन्दसाथ गाओ; राष्ट्रहरूका प्रमुखका निम्ति चर्को सोरले कराओ। उच्च सोरले प्रशंसा गरेर भन, ‘हे याहवेह, तपाईंको जाति इस्राएलका बाँकी रहेकाहरूलाई बचाउनुहोस्।’
8
हेर, म तिनीहरूलाई उत्तरको देशबाट यहाँ फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट एकसाथ भेला गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरू र प्रसुती वेदनामा परेका स्त्रीहरू हुनेछन्; एउटा विशाल भीड फर्किनेछ।
9
तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्; मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानीको मुहानका छेउबाट डोर्याउनेछु; समतल बाटोबाट, जहाँ तिनीहरूले ठेस खानेछैनन्; किनकि म इस्राएलका पिता हुँ, र एफ्राइम मेरो जेठा छोरा हो।
10
“हे राष्ट्रहरू हो, याहवेहको वचन सुन; वचनलाई टाढा-टाढाका टापुसम्म घोषणा गर: ‘इस्राएललाई छरपस्ट पार्नुहुनेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र उहाँले आफ्नो बगाललाई गोठालोले झैँ हेरचाह गर्नुहुनेछ।’
11
किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ, र तिनीहरूभन्दा बलिया शत्रुहरूका हातबाट तिनीहरूलाई मोल तिरेर छुटाउनुहुनेछ।
12
तिनीहरू आउनेछन् र सियोनका उच्च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्; याहवेहबाट प्रशस्ततामा तिनीहरू आनन्दित हुनेछन्— अन्न, नयाँ दाखमद्य र जैतुनको तेल, भेडाबाख्राका पाठापाठी र गाईबस्तुका बाछाबाछीहरूका कारण रमाहट गर्नेछन्। तिनीहरू पानीले सिँचेको बगैँचाझैँ हुनेछन्, अनि तिनीहरू फेरि दुःखी हुनेछैनन्।
13
तब तरुणीहरू, जवानहरू, वृद्धहरू नाच्नेछन् र आनन्दित हुनेछन्। म तिनीहरूको शोकलाई आनन्दमा परिणत गरिदिनेछु; म तिनीहरूको शोकलाई सान्त्वना र आनन्दमा परिणत गरिदिनेछु।
14
म पुजारीहरूलाई प्रशस्त भोजनले तृप्त पारिदिनेछु; अनि मेरा मानिसहरू मेरो प्रशस्तताले भरिपूर्ण हुनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
15
याहवेह यसो भन्नुहुन्छ: “रामामा एउटा सोर सुनियो, शोक र घोर विलापको सोर; राहेल आफ्ना बालबच्चाको निम्ति रोइरहेकी, र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्; किनकि तिनीहरू अब रहेनन्।”
16
याहवेह यसो भन्नुहुन्छ: “तेरो रोदनको सोरलाई र तेरो आँखाको आँसुलाई रोक्; किनकि तेरो कामको इनाम पाउनेछेस्,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरू शत्रुको देशबाट फर्कनेछन्।
17
याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्।
18
“वास्तवमै मैले एफ्राइमको विलाप सुनेको छु: ‘तपाईंले नसधाइएको बाछोलाई झैँ मलाई अनुशासन सिकाउनुभयो, र म अनुशासित भएको छु। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु; किनकि तपाईं याहवेह नै मेरा परमेश्वर हुनुहुन्छ।
19
म बरालिएर गएपछि मैले पश्चात्ताप गरेँ; मैले बुझेपछि मैले आफ्नो छाती पिटेँ। म लज्जित भएँ, र शिर झुकाएँ; किनकि मेरो युवावस्थाको अपमान मैले बोकेको थिएँ।’
20
याहवेह घोषणा गर्नुहुन्छ, के एफ्राइम मैले मन पराएको बालक, मेरो प्यारो छोरा होइन र? मैले त्यसको विरुद्धमा बोले तापनि म अझै पनि त्यसको याद गर्छु। यसकारण मेरो हृदय त्यसको निम्ति तड्पिन्छ; म त्यसलाई निश्चय नै दया देखाउनेछु।
21
“बाटोको निम्ति सङ्केत चिन्हहरू बना; मार्गदर्शन गर्ने खम्बाहरू खडा गर्। तैँले हिँड्नलाई छानेको बाटो, त्यो राजमार्गतिर ध्यान लगा। हे कन्या इस्राएल, फर्की, तेरा आफ्नै सहरहरूमा फर्की।
22
ए अविश्वासी छोरी इस्राएल, तँ कहिलेसम्म बरालिन्छेस्? याहवेहले पृथ्वीमा एउटा नयाँ कुरा सृष्टि गर्नुहुनेछ— अब स्त्री पुरुषकहाँ फर्किनेछे।”
23
इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’
24
यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्नेछन्।
25
थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्त पार्नेछु।”
26
यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो।
27
याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्चाहरूसमेत वृद्धि गर्नेछु।
28
जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
29
“ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘अमिलो अङ्गुर खाने आमाबुबा; अनि दाँत कुँडिने छोराछोरीहरूको।’
30
त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।
31
“हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु।
32
यो त्यो करारजस्तै हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर, इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि म तिनीहरूको पति भए तापनि तिनीहरूले मेरो करार भङ्ग गरे,” याहवेह घोषणा गर्नुहुन्छ।
33
“त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु, र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु; र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
34
अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
35
याहवेह यसो भन्नुहुन्छ, जसले सूर्यलाई दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ, जसले जुन र ताराहरूलाई राति चम्कनलाई आदेश दिनुहुन्छ, जसले समुद्रलाई हल्लाउनुहुन्छ, ताकि छालहरू गर्जून्; उहाँको नाम सेनाहरूका याहवेह हो:
36
याहवेह घोषणा गर्नुहुन्छ, “जसरी मेरो दृष्टिबाट यी उर्दीहरू कहिल्यै रद्द हुँदैनन्, त्यसरी नै इस्राएल मेरो सामु सधैँभरि एक स्थिर राष्ट्र भई रहनेछ।”
37
याहवेह यसो भन्नुहुन्छ: “यदि माथिका आकाशहरू नाप्न सकिन्छ, र मुनि पृथ्वीका जगहरू खोजेर निकाल्न सकिन्छ भने मात्र, म इस्राएलले गरेका पापहरूको कारण तिनीहरूका सन्तानहरूलाई इन्कार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
38
याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ।
39
नाप्ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ।
40
समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52