bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 23
Jeremiah 23
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
1
“धिक्कार ती गोठालाहरूलाई, जसले मेरा खर्कका भेडाहरूलाई नाश गर्दैछन् र छरपस्ट पार्दैछन्!” याहवेह घोषणा गर्नुहुन्छ।
2
यसकारण याहवेह इस्राएलका परमेश्वर आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालाहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपस्ट पारेर टाढा धपाइदिएका कारण र तिनीहरूको हेरचाह नगरेको कारण, तिमीहरूले गरेको दुष्ट कामका निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” याहवेह भन्नुहुन्छ।
3
“मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।
4
म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्नुहुन्छ।
5
याहवेह यसो भन्नुहुन्छ, “हेर, ती दिनहरू निश्चित रूपमा आउँदैछन्, जब म दावीदको निम्ति एउटा धर्मी हाँगा खडा गर्नेछु; यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ; अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।
6
त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।”
7
“यसकारण अब यस्ता दिनहरू आउँदैछन्,” भनी याहवेह भन्नुहुन्छ, “अब उसो मानिसहरूले यसो भन्नेछैनन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’
8
तर तिनीहरूले भन्नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”
9
अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु।
10
सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्।
11
“अगमवक्ता र पुजारी दुवै ईश्वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ।
12
“यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्; तिनीहरू अँध्यारोमा बाहिर फ्याँकिनेछन्, र तिनीहरू त्यसैमा ठेस खाएर लड्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
13
“सामरियाका अगमवक्ताहरूबीच मैले यी घिनलाग्दा कामहरू देखेँ: तिनीहरूले बाल-देवताको नाममा अगमवाणी गरे, र मेरो जाति इस्राएललाई गलत बाटोमा बहकाए।
14
अनि यरूशलेमका अगमवक्ताहरूका बीच मैले केही भयानक कुराहरू देखेँ: तिनीहरू व्यभिचार गर्छन् र झूटलाई पछ्याउँछन्। तिनीहरूले दुष्ट काम गर्ने मानिसहरूलाई प्रोत्साहित गर्छन्, ताकि कोही पनि तिनीहरूको दुष्टताबाट नफर्कून्। मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन्; यरूशलेमका मानिसहरू गमोराका मानिसहरूजस्ता छन्।”
15
यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।”
16
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “अगमवक्ताहरूले तिमीहरूलाई अगमवाणी गरेका कुराहरूमा ध्यान नदेओ; तिनीहरूले तिमीहरूलाई झूटो आशाले भरिदिन्छन्। तिनीहरूले याहवेहको मुखबाट होइन, तर आफ्नो मनबाट दर्शनहरू बताउँछन्।
17
मलाई घृणा गर्ने मानिसहरूलाई तिनीहरू यसो भनिरहन्छन्; ‘याहवेह भन्नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ।’ अनि अटेरी गरेर आफ्नै हृदयका हठीपनको पछि लाग्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूलाई कुनै पनि हानि हुनेछैन।’
18
तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ?
19
हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्टहरूका टाउकामाथि बतासको भुमरीको झोक्काझैँ बजारिनेछ।
20
याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ।
21
मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरू आफ्नै सन्देश लिएर दौडिएका छन्; मैले तिनीहरूलाई कुनै सन्देश दिएको छैनँ, तापनि तिनीहरूले मेरो नाममा अगमवाणी गरेका छन्।
22
तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए, र तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन घोषणा गरेका भए; तिनीहरूले तिनीहरूलाई आफ्ना दुष्ट चालहरूबाट र तिनीहरूका दुष्ट कामहरूबाट फर्काउनेथिए।”
23
याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्वर हुँ र, अनि टाढाको परमेश्वरचाहिँ होइन र?”
24
याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ।
25
“मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’
26
यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?
27
ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए।
28
सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।
29
“के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”
30
याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।”
31
याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’
32
हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
33
“जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’
34
यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु।
35
तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’
36
तर तिमीहरूले फेरि ‘यो याहवेहको सन्देश हो’ भनेर उल्लेख नगर्नू; किनभने हरेक मानिसको आफ्नै कुरा उसको ईश्वरवाणी हुन्छ। यसरी तिमीहरूले जीवित परमेश्वर, सेनाहरूका याहवेह हाम्रा परमेश्वरको वचनलाई बङ्ग्याउँछौ।
37
तिमीहरूले अगमवक्तालाई यसो भन्नू, ‘तिमीहरूलाई याहवेहको जवाफ के छ? अथवा याहवेहले के भन्नुभएको छ?’
38
यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्यौ।
39
यसकारण, निश्चय नै म तिमीहरूलाई बिर्सनेछु, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खालाई दिएको सहरको साथसाथै, मैले तिमीहरूलाई मेरो उपस्थितिबाट पनि बाहिर निकालिदिनेछु।
40
म तिमीहरूमाथि अनन्तसम्म रहने यस्तो लाज र अनन्तको बदनामी ल्याउनेछु, कि त्यो कहिल्यै बिर्सिइनेछैन।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52