bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Jeremiah 36
Jeremiah 36
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 37 →
1
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा याहवेहको वचन यर्मियाकहाँ आयो:
2
“योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्।
3
सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”
4
यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे।
5
तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन।
6
यसकारण तिमी उपवासको दिन याहवेहको भवनमा जाऊ। मैले भनेको र तिमीले चर्मपत्रमा लेखेका कुराहरू मानिसहरूका निम्ति पढिदेऊ। ती वचनहरू सहरहरूबाट भित्र आएका यहूदाका ती सबै मानिसहरूले सुन्ने गरी पढिदेऊ।
7
सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।”
8
यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।
9
यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो।
10
मन्दिरको नयाँ मूलढोकाको प्रवेशद्वारको माथिल्लो चोकमा रहेको शापानका छोरा सचिव गमर्याहको कोठाबाट, बारूकले याहवेहको मन्दिरमा भएका सबै मानिसहरूको निम्ति यर्मियाले भनेका चर्मपत्रबाट वचनहरू पढे।
11
जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,
12
तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए।
13
बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए।
14
तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।
15
तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए।
16
जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”
17
तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”
18
बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”
19
तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”
20
अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए।
21
राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए।
22
त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।
23
जब येहूदीले चर्मपत्रका तीन चार पङ्क्ति मात्र पढेका थिए, तब राजाले कागज काट्ने छुरीले ती चर्मपत्रलाई काटेर पूरै जलेर भस्म नहुन्जेल मकलको आगोमा फालिदिए।
24
यी वचनहरू सुन्ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।
25
एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्नै मानेनन्।
26
त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो।
27
यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्ने वचन यर्मियाकहाँ आयो:
28
“अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो।
29
यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्चय नै आउनेछ, यस देशलाई नष्ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?”
30
यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।
31
म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’ ”
32
यसकारण यर्मियाले अर्को चर्मपत्र लिए र नेरियाहका छोरा शास्त्री बारूकलाई त्यो दिए; अनि यर्मियाले भनेअनुसार बारूकले यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएका चर्मपत्रमा भएका सबै वचनहरू फेरि लेखे। अनि ती वचनहरूसँग मिल्ने अरू यस्तै वचनहरू पनि त्यसमा थपिए।
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52